पाकिस्तानी पत्रकारले संकटको सामना गरिरहेकोमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको चिन्ता « Khabarhub

पाकिस्तानी पत्रकारले संकटको सामना गरिरहेकोमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको चिन्ता


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा पत्रकारले संकटको सामना गरिरहेको भन्दै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

महासङ्घले पाकिस्तानमा पत्रकारलाई लक्षित गर्दै हत्या, पत्रकार र सञ्चार माध्यमका कर्मचारीविरुद्ध ऐन कानुनको दुरुपयोग, अघोषित सेन्सरसिप, रोजगारी खोसिने अवस्था, समयमै तलब नपाउने र राज्य तथा गैर राज्य पक्षबाट हुने दुव्र्यवहारजस्ता घटना बढिरहेकोमा चिन्ता व्यक्त गरेको हो ।

पाकिस्तानको संघीय पत्रकार युनियन र अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका प्रतिनिधिबीच भएको वार्तापछि महासङ्घले यस्तो चिन्ता व्यक्त गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

उक्त छलफलमा पाकिस्तान संघीय पत्रकार युनियन र अन्तर्राष्ट्रिय पत्रकार महासङ्घसँगै पेरिसमा मुख्यालय रहेको सिन्डिकेट नेशनल डेस जर्नालिस्टेसका प्रतिनिधि पनि सहभागी थिए ।

महासङ्घले पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र न्यायाधीशहरुलाई पत्रकारको सुरक्षाका लागि तत्काल कदम चाल्न सरकारलाई आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ५ : ५६ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष