भारतमा लडाकु विमान निर्माण गर्न फ्रान्स प्रतिबद्ध « Khabarhub

भारतमा लडाकु विमान निर्माण गर्न फ्रान्स प्रतिबद्ध


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा डासोउ रफायल लडाकु विमान निर्माण गर्न फ्रान्स प्रतिबद्ध रहेको भारतका लागि फ्रान्सेली राजदूतले बताएका छन् । भारतका लागि फ्रान्सका राजदूत थिएरी माथोउले भारतमा डासोउ रफायल निर्माण गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको जनाएका हुन् ।

भारतीय समाचार संस्था द प्रिन्टसँगको कुराकानीमा उनले यसबाट रक्षा सम्बन्ध मात्रै नभइ जनस्तरको सम्बन्ध पनि मजबुत हुने विश्वास व्यक्त गरे । ‘हामीले रफायलबारे दुई सम्झौता गरिसकेका छौँ ।’ उनले भने ।

उनले भारतमा निर्माण गर्न फ्रान्सेली कम्पनी तयार रहेको र भारतका लागि पनि यो निकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

भारतले १ सय १४ वटा नयाँ रफायल लडाकु विमान खरिद गर्ने तयारी गरिरहेको द प्रिन्टले जनाएको छ । यसबारे अर्को वर्षसम्म सम्झौतालाई अन्तिम रुप दिइने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : ४६ बजे

‘जेनजी’को नाममा भएको हिंसालाई जायज ठहर्‍याउने प्रयास खतरनाक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित