पुलिसले जित्यो महिला भलिबल प्रतियोगिताको उपाधि « Khabarhub

पुलिसले जित्यो महिला भलिबल प्रतियोगिताको उपाधि


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

झापा – अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आज भएको फाइनल प्रतिस्पर्धामा पुलिस क्लबले उपाधि जितेको छ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि चुमेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

उपाधिसँगै पुलिसले नगद रु दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित एपिएफले नगद रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा पाएको छ । पुलिसले फाइनल खेलमा पहिलो, तेस्रो र चौथो सेट जित्यो भने एपिएफले दोस्रो सेट जितेको थियो । पुलिसले पहिलो सेट २५–२३, तेस्रो सेट २५–१८ र चौथो सेट २५–२१ अङ्कले जितेको हो । एपिएफले दोस्रो सेटमा पुलिसलाई २५–२० अङ्कले हराएको थियो ।

प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी पुलिसकी आशिका क्षेत्री भइन् । उनले नगद रु १५ हजार र ट्रफी पाइन् । बेस्ट प्रशिक्ष्ँक पुलिसका रुपेश विष्ट भए । उनले नगद रु १० हजार र ट्रफी पाए । त्यस्तै, बेस्ट स्पाइकर एपिएफकी सृष्टि खड्गी, बेस्ट ब्लकर पुलिसकी मनिषा चौधरी, बेस्ट सर्भर एपिएफकी जोस्ना महतोे, बेस्ट सेटर पुलिसकी कमला पुन र बेस्ट लिबरो एपिएफकी जमुना रसाइली भए । उनीहरुले जनही नगद रु १० हजार र ट्रफी प्राप्त गरे ।

लक्ष्मी माविको खेलमैदानमा भएको प्रतियोगिताको आयोजक अर्जुनधारा नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी मावि थिए । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । विजेता तथा उपविजेतालाई आयोजक अध्यक्ष सुरेन्द्र धिमाल, प्रमुख अतिथि अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रतियोगिताका प्रमुख सल्लाहकार वीरबहादुर राई, संयोजक प्रभा काम्बाङ, नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : ५८ बजे

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले

प्रचण्डले सुनाए विगतका विपद्का घटना, भने- ‘विगतबाट पाठ सिक्न जरुरी छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विगतमा भएका

रसुवाबाट हेलिकप्टरमा नुवाकोट पठाइँदै शव 

रसुवा– विनाशकारी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव हेलिकप्टरमार्फत रसुवाबाट नुवाकोट पठाउने