बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु « Khabarhub

बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९ पर्ने विष्णुपानी नजिकै आज दिउँसो भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले राससलाई जानकारी दिए । उनका अनुसार भिरबाट लडेर घाइते भएका उनको साँझ मृत्यु भएको हो ।

सोही ठाउँमा बिहीबार राति पनि काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको सात सय मिटर तर खोँचमा खसेर मृत्यु भएको थियो । ओझाको शव निकाल्न जिल्लाबाट तालिमप्राप्त सुरक्षाकर्मीको टोली घटनास्थलमा पठाइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १० : ०१ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा