सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते « Khabarhub

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।

आज साँझ जनकपुरबाट मलङ्गवा आउँदै गरेको ग१ख ९४९४ नम्बरको यात्रीबस ईश्वरपुर नगरपालिका–४ लच्का नजिकै दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेका अनुसार दुर्घटनामा परेर बसमा सवार १८ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा धनुषा हन्सपुर नगरपालिका–२ का २८ वर्षीय उदित साह, क्षीरेश्वरनाथ नगरपालिका–५ का २७ वर्षीया चन्दादेवी साह, सबैला नगरपालिका–२ का ३८ वर्षीय हरिशङ्कर साह, मिथिला नगरपालिका–१ का ३५ वर्षीया मन्जुकुमारी महतो, उहाँका १० वर्षीय छोरा आशिषकुमार र पाँच वर्षीय शुसनकुमार घाइते भएका छन् ।

यस्तै सोही दुर्घटनामा परेर सर्लाही कविलासी नगरपालिका–८ का ६८ वर्षीय रामपुकार मुखिया, सोही स्थानका २५ वर्षीया सुमित्रादेवी महतो, मलङ्गवा नगरपालिका–१२ का ४५ वर्षीया जतारन महतो, ६५ वर्षीया सखिया महतो, लालबन्दी नगरपालिकाका २४ वर्षीया रेणुका गौतम, कबिलासी नगरपालिका–३ का ३३ वर्षीया मुनिकाकुमारी शर्मा, सोही स्थान बस्ने २४ वर्षका धिरजकुमार ठाकुर, हरिपुर नगरपालिका–७ का ३० वर्षीया बिर्जना सिंह, हरिपुर नगरपालिका–९ का ४५ वर्षीया रीता चौधरी घाइते भएका छन् ।

दुर्घटनामा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–७ का ३९ वर्षीया कमलाकुमारी महतो, उहाँका छोरा १४ वर्षीय आशिषकुमार महतो र बर्दिबास नगरपालिका–१का चार वर्षीया श्रृषा पोख्रेल घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका घाइतेको मोडेल अस्पताल लालबन्दी, नवलपुरस्थित सर्लाही लाइफलाइन अस्पताल र शुभस्वतिक अस्पताल बर्दिबासमा उपचार भइरहेको हो ।

उनीहरु सबैको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए । सवारी र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १० : २८ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा