'एउटा साथी गुमाएँ, अर्को क्रिटिकल छ; अभिभावकलाई के भन्ने ?, मसँग जवाफ छैन' | Khabarhub Khabarhub

‘एउटा साथी गुमाएँ, अर्को क्रिटिकल छ; अभिभावकलाई के भन्ने ?, मसँग जवाफ छैन’


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार जेनजीको प्रदर्शन हिंसात्मक हुँदा १९ जनाको मृत्यु भएको छ । अरु तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज र भिनस अस्पताललगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म प्राप्त जानकारी अनुसार काठमाडौंको निजामती अस्पतालमा तीन, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेजको अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पतालमा एक र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको छ ।

घाइतेमध्ये २२ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । ट्रमा सेन्टरमा ६० जनाभन्दा धेरै घाइतेको उपचार भइरहेको अस्पतालले जनाएको छ । ट्रमा सेन्टरबाहिर घाइतेका आफन्त र साथीहरुको भीड लागेको छ । हालसम्म ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भइसकेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन डा. बद्री रिजालका अनुसार धेरै घाइतेहरुको पेट, टाउको, छाती र हातखुट्टामा चोट लागेको छ । शरीरमा बुलेट भएको वा नभएको जाँचपछि मात्रै थाहा हुने उनले बताए ।

सबै घाइतेहरुको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको र सोहीअनुसार उपचार भइरहेको उनको भनाइ छ । डा. रिजालका अनुसार १५–१६ देखि ३०– ३५ वर्ष उमेरका घाइतेहरु उपचारका लागि अस्पताल आएका छन् ।

अस्पतालबाहिर घाइते तथा मृतकका आफन्तहरुको छटपटी

आज शान्तिपूर्ण आन्दोलन गर्ने भन्दै विद्यालय पोसाकमै सडकमा उत्रिएका किशोरकिशोरीले अप्रत्याशीत घटना भोगेका छन् ।
आफ्नै आँखाअगाडि आफन्तर साथीभाइ गुमाएका किशोरकिशोरी र अभिभावकहरु आकस्मिक कक्षबाहिर तथा अस्पतालको गेट बाहिर छट्पटाइरहेका छन् । कोही अस्पतालले निकालेको घाइतेको सूचीमा आफन्तको नाम खोजिरहेका देखिन्छन् ।

त्यही भीडमा भेटिएका अतितले दुई जना साथी गुमाउनुपरेको पीडा सुनाए । हामीले उनको थर र उमेर खुलाएका छैनौँ । हेटौँडा घर भएका अतित केही साथीहरुसँगै आन्दोलनमा सहभागी भएका थिए । सुरुमा शान्तिपूर्ण रुपमै चलेको आन्दोलनले एक्कासी उग्र रुप लियो ।

प्रदर्शनकारीहरुले संसद भवनभित्रै छिरेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि सरकारले एक्कासी कर्फ्यू जारी गर्दै गोली चलाउन शुरु गर्‍यो । आफ्नै आँखाअगाडि साथीभाइ ढल्दा किशोरकिशोरीहरु झन् आक्रोशित भए ।

यसपछि प्रदर्शन अझ उग्र बन्यो । प्रदर्शनकारी उत्तेजित भएपछि प्रहरी दमन अझ बढ्यो । रगतले लत्पतिएको कपडामै ट्रमा सेन्टरको आकस्मिक कक्षबाहिर भेटिएका अतित राम्रोसँग बोल्न पनि सकिरहेका थिएनन् । उनको बोली लरबरिरहेको थियो ।

उनका दुई जना साथीलाई गोली लाग्यो । टाउकोमा गोली लागेका साथीलाई हतार-हतार अस्पताल ल्याउँदा पनि बचाउन सकिएन । अर्का एक जना साथीको उपचार भइरहेको उनले खबरहबसँगको कुराकानीमा बताए । उपचाररत साथीको अवस्था क्रिटिकल रहेको उनको भनाइ छ । घाइते साथीको अवस्था के होला भनेर उनी चिन्तित छन् ।

‘आन्दोलनले यस्तो उग्र रुप लिन्छ भन्ने सोचेकै थिएनौँ । भगवानको कृपाले म त बाँचे तर साथीलाई बचाउन सकिनँ अब उनीहरुको अभिभावकलाई के भन्ने, मसँग जवाफ नै छैन’ उनले भने ।

त्यहाँ भेटिएका धेरै जना आफन्त र साथीभाइको अवस्था अतितको जस्तै छ । अनाहकमा निर्दोष युवाहरुको ज्यान लिएको भन्दै सरकारप्रति उनीहरुले आक्रोश पोखिरहेका देखिन्थे । आन्दोनमै सहभागीनभएकाहरु पनि घाइते भएको अस्पतालमा भेटिएका आफन्तले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : २९ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका