पाकिस्तानमा ईशनिन्दाको आरोपमा दृष्टिविहीन इसाई पक्राउ « Khabarhub

पाकिस्तानमा ईशनिन्दाको आरोपमा दृष्टिविहीन इसाई पक्राउ


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा एक जना दृष्टिविहीन इसाई धर्मावलम्बीलाई ईशनिन्दाको आरोपमा पक्राउ गरिएको छ । मुसलमान छिमेकीले ईशनिन्दाको आरोप लगाएपछि ४९ वर्षीय नदिम मसिहलाई पक्राउ गरिएको हो ।

मसिहमाथि इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको निन्दा गरेको आरोप लगाइएको छ । उनकी आमा मार्था युसफले यसअघि पनि मुसलमान छिमेकीले मसिहमाथि दुव्र्यवहार गर्दै आएको बताइन् ।

उनका अनुसार छिमेकी वाकस मजहार र अन्य छिमेकीले मसिहबाट पैसा असुल्ने, उनीमाथि पानी छ्यापिदिने र उनलाई गालीगलौज गर्दै आएका थिए । मजहार लाहौर शहरको मोडल टाउन पार्क क्षेत्रमा पार्किङ ठेकेदारको रुपमा काम गर्दै आएका छन् भने मसिह सामान्य व्यापारी हुन् ।

कहिलेकहीँ अपाङ्गता भएको देखेर कसैले मसिहलाई केही रकम पनि दिने गरेको जनाइएको छ । यद्यपि उक्त रकम मुसलमानहरुले लुटेर लगिदिने गरेको युसफले बताइन् ।

मसिहले पसल खोल्नै लाग्दा गत अगस्ट २१ का दिन मजहर र अन्य मुसलमानले दुव्र्यवहार गरेका थिए । मसिहले त्यसको विरोध गरेपछि उनलाई मोटरसाइकलमा राखेर नजिकैको प्रहरी चौकी लगिएको थियो ।

त्यहाँ उनीविरुद्ध ईशनिन्दाको आरोप लगाइएको थियो । सोही प्रहरी चौकीमा उनलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ७ : १६ बजे

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले