पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो « Khabarhub

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।

सोही जिल्लाको सुलिकोट गाउँपालिका–८ स्थित गैरीछाप बस्ने २३ बर्षिय आयुष गुरुङ्गको शब सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो ।

उनीसँगै गएका गोरखा नगरपालिका–९ लक्ष्मीबजार बस्ने २३ वर्षिय राश्विन कुँवर, बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछाप बस्ने २३ वर्षिय विश्व गुरुङ्ग र खोटाङ्ग जिल्लाको ऐसेलुखर्क गाउँपालिका–७ बस्ने २९ वर्षिय हिमराज राई भने सकुशल रहेका छन् ।

पौडी खेल्ने क्रममा आयुष गुरुङ्ग बेपत्ता भएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव निकालेको थियो । उनीहरु बैदेशिक रोजगारको लागि काठमाडौ आई भ्रमणको लागि गोरखाको लिगलिगकोट गएको बताईएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ११ : ०३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका