धारा सुकेपछि दमकलबाट पानी वितरण गर्दै चन्द्रपुर नगरपालिका « Khabarhub

धारा सुकेपछि दमकलबाट पानी वितरण गर्दै चन्द्रपुर नगरपालिका


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

रौतहट – जिल्लाको चन्द्रपुर नगरपालिका–२ जुडिबेलामा असारको महिनामा पनि खानेपानीको हाहाकार भएको छ । खानेपानीका लागि घरमा गाडेका चापाकल सुकेपछि विगत दुई महिनादेखि सो क्षेत्रका पाँच वटा टोलका नागरिकलाई पिउने पानीको हाहाकार भएको हो ।

विगत २० दिनयता चन्द्रपुर नगरपालिकाको बारुणयन्त्रले सो क्षेत्रका नागरिकलाई दैनिक रूपमा पानी ओसारेर उपलब्ध गराइरहेको छ । जुडिबेलाको चौधरी, जोगी, नर्सरी, रैयालगायत टोलका करिब दुई सयभन्दा बढी परिवारलाई नगरपालिकाले बारुणयन्त्रमार्फत खानेपानी वितरण गरिरहेको नगरप्रमुख सञ्जयकुमार काफ्लेले जानकारी दिए। पिउने पानी नागरिकको नैसर्गिक अधिकार भएकाले स्थानीयलाई दैनिक रूपमा दमकलबाट टोलटोलमा राखिएका ड्रममार्फत पानी वितरण गरिरहेको उनले बताए ।

ती टोलका करिब दुई सय परिवारलाई बारुणयन्त्रले दैनिक १२–१३ हजार लिटर पानी ओसारेर वितरण गर्दै आइरहेको नगरप्रमुख काफ्लेले उल्लेख गरे। खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि नगरपालिकाले केही दिनभित्र चापाकल सुकेका टोलमा नयाँ धारा जडान गर्ने उनले जानकारी दिए ।

जुडिबेलामा अलपत्र खानेपानी आयोजनाको कामलाई शीघ्र अगाडि बढाइने नगरप्रमुख काफ्लेको भनाइ छ । सो क्षेत्रका करिब दुई हजार ५०० परिवारलाई शुद्ध पिउने पानी खुवाउनले लक्ष्यको साथ जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण गरेको खानेपानी आयोजना विगत १० वर्षदेखि अलपत्र छ ।

खानेपानीको दीर्घकालीन समाधानको लागि वडास्तरबाट पनि काम भइरहेको चन्द्रपुर–२ का वडाध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिए । वडाको जुडिबेला टोलमा ५१ घर, जोगी टोलमा ३५, नर्सरी टोलमा ७० र रैयाटोलमा ३१ घरका नागरिक खानेपानीबाट प्रभावित भएका छन् ।

ती टोलमा अक्फाम नेपालको आर्थिक सहयोगमा नौ वटा एक÷एक हजार लिटरको ड्रमसहित विभिन्न सामग्री किनेर नगरपालिकाले खानेपानी वितरण गर्दै आएको आरडिसी नेपालकी स्थलगत अधिकृत ज्योति फुँयालले जानकारी दिए । उनका अनुसार अहिले जोगीटोलमा ४० वर्ष पुरानो धारा मर्मत गरेर पानी उपलब्ध गराइएको छ ।

जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला थपलियाले पानी वितरणका लागि पाइपको व्यवस्था गर्न सके यो समस्या समाधान हुने बताए । आयोजनाको पानी वितरणका लागि पाइप नभएकाले वितरण गर्न नसकेको भन्दै उनले करिब दुई हजार ५०० उपभोक्तामध्ये ९२ घरले आयोजनाको पानी खाइरहेका उनले जानकारी दिए ।

पाइपको लागि पटक–पटक सम्बन्धित निकायमा आग्रह गर्दासमेत सुनवाइ नभएपछि पानी वितरण गर्न नसकिएको अध्यक्ष थपलियाको भनाइ छ । उनका अनुसार आयोजनामा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ ।

आयोजनाअन्तर्गत ‘डिपबोरिङ’ जडान, कार्यालय भवन निर्माण, विद्युतीकरण, पम्प हाउस निर्माण तथा करिब २७ किलोमिटर मुख्य लाइनको पाइप गाडिसकिएको अध्यक्ष थपलियाले जानकारी दिए । बजेट अभावका कारण मुख्य लाइनको पाइप खरिद गर्न नसक्दा काम ठप्प भएको उनले बताए । यो आयोजना सम्पन्न गर्नका लागि अनुमानित रु दुई करोड बजेट आवश्यक पर्ने उनले जानकारी दिए ।

आयोजना सञ्चालन हुनेवित्तिकै जुडिबेलामा खानेपानीको समस्या समाधान हुने स्थानीय राजन थापाले बताए। आयोजनाको कामलाई शीघ्र सम्पन्न गरी पानीको सहज आपूर्ति मिलाउन उहाँले सरोकार भएका सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ९ : ०१ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा