बङ्गलादेशमा हसिनाको पतनपछि सेनाको सहजीकरणमा भएको थियो अन्तरिम सरकार गठन « Khabarhub

बङ्गलादेशमा हसिनाको पतनपछि सेनाको सहजीकरणमा भएको थियो अन्तरिम सरकार गठन


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वर्षको जुलाई महिनाको अन्त्य र अगस्टको शुरुतिर बङ्गलादेशमा व्यापक आन्दोलन चलिरहेको थियो । १५ वर्षदेखि शेख हसिना प्रधानमन्त्री थिइन् । हसिनाले स्वतन्त्रता सङ्ग्राम लडेका सैनिकका सन्तानलाई सरकारी सेवामा कोटा बढाएको विरोधमा शुरु भएको आन्दोलन चर्किँदै थियो ।

पछि हसिनाले कोटा बढाउने कदमबाट पछि हटिन् । तर, आन्दोलन थामिएन । आन्दोलनकारीले सरकारी कार्यालय, नेता मन्त्रीका घरमा प्रवेश गरी तोडफोड र आगजनी गर्न लागे ।

सुरक्षाकर्मीले आन्दोलन दबाउन बल प्रयोग ग¥यो । सुरक्षाकर्मीको गोली लागेर सयौँ आन्दोलनकारी मारिए । सुरक्षामर्कीको दमनले आन्दोलन अझ उग्र भयो । सुरक्षाकर्मीले आन्दोलन नियन्त्रणमा लिन सकेनन् ।

हसिनालाई सेनाले साथ देला भन्ने अपेक्षा थियो । सेनाले साथ दिए आन्दोलनलाई जसरी भएपनि दबाएरै छाड्ने उनको विचार थियो । हुन पनि सेनाप्रमुख वाकार उज–जमान हसिनाका टाढाका नातेदार पर्थे ।

अगस्टको पहिलो साता आन्दोलन चर्किन थालेपछि जमानसँग हसिनाले संवाद गरिन् । तर, जमानले हसिनाको पक्ष लिन मानेनन् । उनले हसिनालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरे ।

विद्यार्थी र युवाको नेतृत्वमा भएको आन्दोलन दबाउन सेनाले साथ नदिने भएपछि गत वर्ष अगस्ट ५ का दिन हसिनाले घुँडा टेकिन् । उनले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति मोहम्मद शहाबुद्दिनले संसद भङ्गको घोषणा गरे । उनी भागेर भारत पुगिन् । अझै उनी भारतमै बसिरहेकी छिन् ।

त्यसपछि सेनाप्रमुख जमानले पत्रकार सम्मेलन आयोजना गर्दै देशको सम्पूर्ण व्यवस्था आफूले नियन्त्रणमा लिएको घोषणा गरे । उनले प्रदर्शनकारीको माग पूरा गर्न सेनाले पूर्ण साथ दिने बाचा गरे । उनले सबै पक्षलाई वार्तामा आउन र छलफल गरी अन्तरिम सरकार गठन गर्न आह्वान पनि गरे ।

जमानको आह्वानअनुसार आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरु, अन्य दलका नेताहरु, बुद्धिजीवि र अन्य नागरिक समाजका अगुवाहरुको बैठक डाकियो । बैठकको निर्णयअनुसार राष्ट्रपति शाहबुद्दिनले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारप्रमुख नियुक्त गरे ।

त्यसबेला युनुस स्वास्थ्य जाँचका लागि फ्रान्सको राजधानी पेरिसमा थिए । तर, आन्दोलनकारीको विशेष आग्रहमा उनी बङ्गलादेश फर्किए ।

पछि उनले विद्यार्थी नेता, नागरिक समाजका अगुवा लगायत सम्मिलित मन्त्रिपरिषद गठन गरे । युनुसलाई नयाँ निर्वाचन गराउने म्यान्डेटसहित अन्तरिम सरकारको प्रमुख सल्लाहकार पद दिएर नेतृत्व प्रदान गरियो । अहिले पनि उनै युनुसले बङ्गलादेशको अन्तरिम सरकार चलाइरहेका छन् ।

उनले अर्को वर्षको फेब्रुअरी महिनामा निर्वाचन गराउने बाचा गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ४ : ०३ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय