सेवाको ज्ञान, सिप र अनुभव निवृत्त जीवनमा उपयोग गर्न पाएकोमा आवेदक हर्षित  « Khabarhub

सेवाको ज्ञान, सिप र अनुभव निवृत्त जीवनमा उपयोग गर्न पाएकोमा आवेदक हर्षित 


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको सिल्भर भोलेन्टियर कार्यक्रमका आवेदकहरूले सेवा निवृत्त जीवनमा सेवा कालको ज्ञान, सिप र अनुभव उपयोग गर्ने अवसरले हर्षित बनाएको प्रतिक्रिया दिएको छ । आइतबार महानगरपालिकाको सभा कक्षमा आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा उनीहरूले यसरी खुसी व्यक्त गरेका हुन् । 

उनीहरूसँगको परिचयात्मक कार्यक्रममा सिल्भर भोलेन्टिएर परिचालन व्यवस्थापन समितिका संयोजक एवं सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, महानगरपालिकाको सन्तुलित विकासका लागि दक्ष र अनुभवी व्यक्तिहरूको ज्ञान, सिप र क्षमताले महसुस हुने नतिजा दिने अपेक्षा गरे । 

समितिका सदस्य एवं कार्यपालिका सदस्य वीरेन्द्र प्रजापतिले, प्रशासनिक, आर्थिक, सामाजिक तथा अन्य क्षेत्रगत अनुभवले दिगो विकासमा योगदान हुने अपेक्षा गरे । 

आयोगका सदस्य डा. सुरज काफ्ले र सुमन प्रधानले, विकासमा अनुभवको गुणात्मक महत्वमा जोड दिँदै विकासलाई महसुस गराउने ठाउँमा योगदान पुग्ने आशा राखे ।

शारीरिक तथा मानसिक रूपमा सक्षम सेवा निवृत्त ज्येष्ठ नागरिकहरूलाई सम्मानपूर्वक सेवा कार्यमा परिचालन गर्ने महानगरपालिकाको कार्यक्रमले अनुकरण योग्य रहेको बताए । 

कार्यक्रमका लागि छानिएका व्यक्तित्वहरुको विषयगत समूह निर्माण गरिनेछ । कार्यक्रम सञ्चालनका विषयमा आयोगका सहायक विज्ञ सुदिप ढकालले जानकारी दिँदै, समूहका संयोजकहरूले मासिक बैठक गरेर सम्पन्न काम तथा आगामी कार्यक्रमका बारेमा समूहमा जानकारी दिनुपर्ने, असल अभ्यास र सिकाइहरू प्रत्येक ३ महिनामा एक पटक सम्बन्धित समूहबीच आदानप्रदान गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरे । यस्तै सहायक विज्ञ पुरुषोत्तम महतले योजना कार्यान्वयनलाई अनुभवले सहज बनाउने धारणा राखे  । 

सहायक विज्ञ विवेक वास्तोलाका अनुसार महानगरपालिकाले सार्वजनिक सूचना आव्हान गरेपछि ११९ जना आवेदकले आवेदन दिएका थिए ।

उनीहरूमध्ये योग्यता पुगेका ५२ जना पुरुष र १३ जना महिला गरेर ६५ जना छानिएका छन् । यसमा स्वास्थ्य (पब्लिक हेल्थ, मेडिकल हेल्थ, मनोविद् तथा मनोचिकित्सक, भेटनरी हेल्थ), शिक्षा, कृषि, पर्यटन, सूचना प्रविधि, सुरक्षा, वाणिज्य, भौगोलिक सूचना, इलेक्ट्रिक लगायत क्षेत्रका व्यक्तित्व हुन् ।

स्वयमसेवकका योग्यता 

काठमाडौं महानगरपालिका सिल्भर भोलेन्टिएर परिचालन कार्यविधि, २०७७ ले यस कार्यक्रममा काम गर्न केही योग्यता तोकेको छ । जस अनुसार नेपाली नागरिक, प्रचलित कानुन बमोजम स्वीकृति लिएका गैर आवासीय नेपाली, प्रचलित कानुनबमोजिम स्वीकृति लिएका विदेशी नागरिकले यो कार्यक्रममार्फत स्वयमसेवा गर्न पाउनेछन् ।

यसमा ४५ वर्ष पूरा भई ७५ वर्ष ननाघेको हुनुपर्छ । सरकारी, निजी वा गैर सरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको हुनुपर्छ । १ वर्ष अवधिका लागि हप्ताको न्यूनतम ५ घण्टा सेवा दिन तयार हुनुपर्छ । शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम हुनुपर्छ । 

स्वयमसेवा गर्न पूर्ण रूपले तत्पर र इच्छुक हुनुपर्छ । फौजदारी अभियोगमा कसुरदार नठहरिएको र प्रचलित कानुनबमोजिम अयोग्य नठहरिएको व्यक्ति यस कार्यक्रमका लागि योग्यता हुन् । 

कार्यक्रमका क्षेत्र र सञ्चालन संयन्त्र 

भोलेन्टिएर परिचालनसँग सम्बन्धित कार्यक्रमको योजना, पहिचान, व्यवस्थापन, अनुगमन तथा नियन्त्रण गर्ने कार्यका लागि सहरी योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा समिति गठन हुने व्यवस्था छ । 

यसमा प्रमुखले तोकेको नगर कार्यपालिका सदस्य एक जना, सम्बन्धित क्षेत्रका विज्ञमध्येबाट १ जना महिलासहित २ जना, आयोगका सदस्यहरूमध्येबाट उपाध्यक्षले तोकेको एक जना सदस्य रहने व्यवस्था छ । समितिमा सामाजिक विकास विभागका सदस्य पदेन सदस्य र आयोगको अधिकृत सदस्य–सचिव रहने व्यवस्था छ । 

महानगरपालिकाअन्तर्गत रहेका सामुदायिक शैक्षिक तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल तथा यातायात व्यवस्थापन, वातावरण व्यवस्थापन, सार्वजनिक सेवा सहजीकरण सिल्भर भोलिन्टियरका क्षेत्र हुन् । यससँगै सामाजिक सेवा प्रदान गर्ने संघसंस्था, साना तथा घरेलु उद्योगहरूको सेवाको गुणस्तर बढाउने यस कार्यक्रमले लिएका लक्ष्य हुन् । 

यो काममा सहयोग पुर्‍याउन सरकारी, गैरसरकारी तथा निजी संस्थामा लामो समय काम गरी सेवा निवृत्त भएका वा कुनै विषयमा दक्षता हासिल गरेका ज्येष्ठ नागरिकहरूले आर्जन गरेको ज्ञान, सिप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नु कार्यक्रमको मुख्य क्रियाकलाप हो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ६ : ०३ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल