यातायातसम्बन्धी सर्वोच्चका आदेश कार्यान्वयन गर्न जाँचबुझ आयोग
सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।
मंगलबार सिंहदरबारमा मंसिर २२ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्न दीपक सुवेदीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए । जाँचबुझ आयोगको सदस्यमा शरद अधिकारी र योगेन्द्र नाथ कर्माचार्य रहेका छन् ।

त्यसैगरी कोलम्बो प्लानको नवौँ महासचिव पदमा कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने, नेपाल र मोरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने र सिंचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्न ऊर्जा मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको प्रवक्ता खरेलले बताए ।
सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता
भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले भेटे प्रधानमन्त्री कार्कीलाई
प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
ओली भेटेपछि कांग्रेसलाई सर्वोच्च पठाएका देउवाले भने- अन्तिम पटक डडेल्धुराबाटै चुनाव लड्छु
जेन-जी आन्दोलनको उथलपुथलपछि पहिलो पटक गत १९ मंसिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भयो ।
भदौ २३ र २४ को जेन-जी आन्दोलनले उपादेयता सकिएको सन्देश दिए पनि यी दुई नेताले अझै राजनीति नछोड्ने स्पष्ट सन्देश दिइसकेका छन् ।
एमाले अध्यक्ष ओली मंसिर २६ देखि हुन लागेको एघारौँ महाधिवेशनमा तेस्रो पटक अध्यक्ष लड्दैछन् । एमालेको सातौँ महाधिवेशनदेखि नै पार्टी जीवनको लोकतान्त्रिकरणका लागि दुई कार्यकाल र ७० वर्षे उमेर हदको वकालत गर्दै आएका ओली आफू नेतृत्वमा आएपछि ती कुरालाई लत्याउने बाटोमा छन् ।

दशौँ महाधिवेशनसम्म कायम यी दुई प्रावधान हटाएर अहिले ओली तेस्रो कार्यकाल अध्यक्ष हुने दौडमा छन् । उनी आफूलाई यो महाधिवेशनमा चुनौती दिन लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई जसरी पनि ठेगान लगाउने अभियानमा छन् । तर पोखरेलले यस पटक दह्रैसँग खुट्टा टेक्दा दशौँमा भीम रावललाई सजिलै पाखा लगाएका ओलीलाई मुश्किल परेको छ।
रोल्पाबाट गगनसहित पाँच जनाको नाम सिफारिस
झापा १ बाट विश्वप्रकाशको नाम सर्वसम्मत सिफारिस
विश्वले अभूतपूर्व जल संकटको सामना गरिरहेको छ : मन्त्री परियार
‘भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष हो’
ओलीको प्यानल सार्वजनिक भएपछि मात्रै पोखरेलले टीम घोषणा गर्ने
नेकपा एमालेको एघारौँ महाधिवेशन आउन अब ४ दिन बाँकी छ। ११ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।
अहिलेसम्म दुई नेताहरूबीच प्रतिस्पर्धा हुने टुंगो लाग्दा अन्य पदाधिकारीबारे दुवै पक्षबाट कुनै निर्णय भएको छैन । कुन टिमबाट कसले के पदमा उम्मेदवारी दिन्छन् ? यो कुरा सार्वजनिक गरिएको छैन। टिम सार्वजनिक नभए पनि पोखरेल र ओली रणनीति बनाउन लागिरहेका छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलको चहलपहल र बाहिरको राजनीतिक परिवेशलाई हेर्दा अहिले नेताहरू प्रतिनिधिसँग समूहगत छलफलमा छन् । उनीहरू एकअर्काका असन्तुष्टिमा पनि खेलिरहेका छन् ।
स्रोतका अनुसार अध्यक्ष ओली पक्षको प्यानल सार्वजनिक नभएसम्म वरिष्ठ उपाध्यक्ष ईश्वर पक्षले पनि आफ्नो टीम सार्वजनिक नगर्ने पक्षमा देखिएका छन् ।
एमालेका महाधिवेशन प्रतिनिधिको अद्यावधिक अन्तिम चरणमा
एमालेको महाधिवेशनमा उपस्थित हुन देउवालाई निम्तो, अन्य दललाई पनि बोलाउने क्रम जारी
एमाले नेतृहरूको आरोप : ओलीले पार्टीमा राजनीतिक महिला हिंसा गरे
अष्टलक्ष्मीले भनिन्- पार्टीलाई अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्य
महाधिवेशनमा नेतृत्व चयनमा सहमतिकै लागि प्रयास : एमाले सचिव भट्ट
एमालेको महाधिवेशनका लागि यसरी हुँदै छ यातायात व्यवस्थापन
विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइनलमा
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर बोल्ट्सविरुद्ध सहज जित निकाल्दै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगर १४ ओभर १ बलमा ७८ रनमै सीमित भयो । सुदूरपश्चिले ७७ रनको सहज जित निकाल्यो ।

विराटनगरले बनाएको ७८ रन सिजनकै सबैभन्दा कमजोर हो । यसअघि लिग चरणको १५ औं खेलमा काठमाडौं गोर्खाजले लिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले ८९ रन बनाएको थियो ।
विराटनगरले लिग चरणमा सुदूरपश्चिमलाई जितेर पहिलो क्वालिफायरमा स्थान बनाएको थियो । सुदूरपश्चिमले उक्त हारको बदला लिएको छ ।
विराटनगरविरुद्ध सुदूरपश्चिमका ओपनर विनोदको अर्धशतक
विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य
सुदूरपश्चिमविरुद्धको खेलमा विराटनगरका हिजलेट गोल्डेन डक आउट
सुदूरपश्चिमविरुद्ध ३ रन बनाउँदा विराटनगरको ३ विकेट खस्यो
सुदूरपश्चिमविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको इनिङ सङ्कटमा
धराशायी विराटनगरको इनिङलाई जोगाउने फाफ डु प्लेसीको प्रयास जारी
तस्बिरमा हेर्नुहोस्, विराटनगर र सुदूरपश्चिमको प्रतिस्पर्धा
नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ । राजसंस्था, राजनीतिक दल र जेन-जी पुस्ताबीच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबार राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी आवश्यक रहेको बताए । यी तीन पक्षबीचको सहमतिबाट मात्र अघि बढनुपर्ने उनको माग छ ।
उनले विदेशमा रहेका मतदातासहित देशभित्र नै अन्तर जिल्ला मताधिकारको सुनिश्चित गर्न ध्यानाकर्षण गराए।
प्रदेश सरकार भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की
काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन (तस्बिरहरू)
बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…
अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक
यसरी बन्छ ‘पेपर पेन्सिल’ (तस्बिरहरू)
हिउँदयाममा बासस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ
इजरायली आक्रमणमा यस वर्ष ६७ पत्रकारको मृत्यु
यस वर्ष विश्वभर मारिएका सबै पत्रकारमध्ये लगभग आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको रिपोर्टर्स विदाउट बोर्डर्स ९आरएसएफ०ले मङ्गलबार जानकारी गराएको छ। इजरायलको सेनाको आक्रमणमा परी गाजामा २९ प्यालेस्टिनी पत्रकारहरूको मृत्यु भएको आरएसएफले जनाएको छ ।
पेरिसस्थित मिडिया फ्रिडम ग्रुपले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२४ मा ६६ पत्रकारको हत्या गरिएकोमा यस वर्ष विश्वभर मारिने पत्रकारको सङ्ख्या ६७ पुगेको जनाएको छ ।

इजरायली सेनामने आक्रमणमा मृत्यु हुने पत्रकारको सङ्ख्या यो वर्ष आक्रमणमा मारिने पत्रकारको कुल सङ्ख्याको ४३ प्रतिशत हिस्सा रहेको ओगटेको आरएसएफले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
पत्रकारमाथिको आक्रमणले इजरायललाई ‘पत्रकारहरूको सबैभन्दा ठूलो शत्रु’ बनाएको छ, आरएसएफले आफ्नो रिपोर्टमा भनेको छ । आरएसएफले सन् २०२४ डिसेम्बरदेखि १२ महिनामा भएका मृत्युको दस्तावेजीकरण गरेको छ ।
जकार्ताको ड्रोन कम्पनीमा आगलागी, १८ जनाको मृत्यु
चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड
युरोपेली सँघका नेताहरूद्वारा युक्रेनमा न्यायपूर्ण शान्ति र कडा सुरक्षा ग्यारेन्टीको लागि आह्वान
दक्षिण कोरियाका राष्ट्रपति ऐतिहासिक ‘ब्लू हाउस’मा फर्कने प्रक्रिया सुरु
थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु
नाइजेरियाका राष्ट्रपतिद्वारा अपहरण गरिएका सय भन्दा बढी विद्यार्थीको उद्धारको पुष्टि













प्रतिक्रिया