भूमिसम्बन्धी अध्यादेशमा टीआई नेपालको ध्यानाकर्षण « Khabarhub

भूमिसम्बन्धी अध्यादेशमा टीआई नेपालको ध्यानाकर्षण


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सरकारले गत पुस महिनामा जारी गरेका विभिन्न अध्यादेशमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै हतारमा जारी भएका अध्यादेशले सुशासन प्रवर्द्धनलाई अवमूल्यन गर्नुका साथै राजनीतिक नियतमाथि प्रश्न उठाएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा सरकारले ल्याएका अध्यादेश मध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत राज्यको वन तथा प्राकृतिक सम्पदा, जग्गा प्राप्ति, भूउपयोग, बसोबास जस्ता संवेदनशील विषयहरूमा गम्भीर असर पार्न सक्ने अधिकार कानूनमा पारदर्शी रुपमा व्यवस्था हुनुपर्नेमा सीमारहित रुपमा प्रत्यायोजन गरेको देखिने उल्लेख छ ।

पारदर्शिता एवं सुशासन प्रवर्द्धनलाई बल पुग्ने व्यवस्था ऐनमा नै हुनुपर्ने सर्वमान्य सिद्धान्तलाई आत्मसात गर्नुका साथै सार्वभौम जनताबाट निर्वाचित संसदले देश र जनताको हितका लागि आवश्यक ऐन कानून निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले अपिल गरेको छ । 

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ९ : ४९ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको