भूमिसम्बन्धी अध्यादेशमा टीआई नेपालको ध्यानाकर्षण « Khabarhub

भूमिसम्बन्धी अध्यादेशमा टीआई नेपालको ध्यानाकर्षण


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सरकारले गत पुस महिनामा जारी गरेका विभिन्न अध्यादेशमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै हतारमा जारी भएका अध्यादेशले सुशासन प्रवर्द्धनलाई अवमूल्यन गर्नुका साथै राजनीतिक नियतमाथि प्रश्न उठाएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा सरकारले ल्याएका अध्यादेश मध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत राज्यको वन तथा प्राकृतिक सम्पदा, जग्गा प्राप्ति, भूउपयोग, बसोबास जस्ता संवेदनशील विषयहरूमा गम्भीर असर पार्न सक्ने अधिकार कानूनमा पारदर्शी रुपमा व्यवस्था हुनुपर्नेमा सीमारहित रुपमा प्रत्यायोजन गरेको देखिने उल्लेख छ ।

पारदर्शिता एवं सुशासन प्रवर्द्धनलाई बल पुग्ने व्यवस्था ऐनमा नै हुनुपर्ने सर्वमान्य सिद्धान्तलाई आत्मसात गर्नुका साथै सार्वभौम जनताबाट निर्वाचित संसदले देश र जनताको हितका लागि आवश्यक ऐन कानून निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले अपिल गरेको छ । 

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ९ : ४९ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको