सुप्रिम सहकारी ठगी- रविका साझेदार छविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश « Khabarhub

सुप्रिम सहकारी ठगी- रविका साझेदार छविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– बुटवलस्थितसुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वसिष्ठ कुमार घिमिरेको इजलासले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

त्यही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गत माघ १३ गते १ करोड धरौटीमा छाडेको थियो ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएका थिए । अहिले अर्का न्यायाधीशले गोर्खा मिडिया नेट्वर्कमा रविका साझेदार छविलाललाई थुनामा पठाउने आदेश दिएको हो ।

जोशी यसअघि पोखरास्थित सूर्यदर्शन सहकारीको बचत ठगी प्रकरणमा गत पुस २५ गते जिल्ला अदालत कास्कीमा ८८ लाख र कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत माघ ७ गते काठमाडौं जिल्ला अदालतबाट ५० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

उता उनका साझेदार लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा माघ २ गते काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । पछिल्लो पटक माघ २४ गते लामिछाने ५४ लाख धरौटी बुझाएर जिल्ला अदालत चितवनबाट पनि रिहा भइसकेका छन् ।

रविका हकमा पनि मुद्दाको अन्तिम किनारा लाग्दा जेल जानुपर्ने सम्भावना कायमै छ । तीनै अदालतले रविलाई सहकारी ठगी प्रकरणमा निर्दोष मानिहाल्न सकिने आधार नरहेको टिप्पणी उठाएका थिए ।

पूरक अभियोगमा प्रतिवादी बनाइएका रवि र छविलालसहित २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो माग गरिएको थियो । उनीहरूबाट सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) बमोजिम सहकारी संस्थालाई बिगो भराई पाउन माग गरिएको थियो ।

मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम प्रतिवादीहरूको नाममा रहेको सम्पत्तिको हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न पनि आदेश माग गरिएको थियो ।

रवि लामिछाने गोर्खा मिडियासहित १३ करोड रुपैयाँ हिनामिनामा संलग्न रहेको अभियोग थियो। यसमा ४ करोडभन्दा बढी रविबाट बिगो कायम हुने भनिएको थियो । उनले गोर्खा मिडिया नेटवर्कमा सेयर लिँदा २ करोड रुपैयाँ सुप्रिम सहकारीबाटै भुक्तानी भएको रिटमा दाबी गरिएको थियो ।

लामिछाने समेत सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न मितिमा गरी १० करोड ९९ लाख ३६ हजार रुपैयाँ लगेर हिनामिना गरेको आरोप थियो ।

सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री लामिछाने, उनका साझेदार पूर्वडीआईजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहित २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ९ : ३३ बजे

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ

रास्वपा महाधिवेशन: पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान सुरु

राष्ट्रियसभा : सुकुम्वासीको उचित प्रबन्ध गर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

अन्तिमसम्म सहमतिको कोसिसमा थिए रवि, नेताहरूले भने, ‘प्रतिस्पर्धा गर्छौँ, हारे पनि पार्टी छोडेर जाँदैनौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचनमा एक उपसभापति, एक महिला उपसभापति,

कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन

काठमाडौं– कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि