आजका समाचार : ओलीसँग शेखरपछि गगन पनि दिक्क, महानगरका सबैले पाए तलब र चीनको जवाफले क्रुद्ध बने ट्रम्प | Khabarhub Khabarhub

आजका समाचार : ओलीसँग शेखरपछि गगन पनि दिक्क, महानगरका सबैले पाए तलब र चीनको जवाफले क्रुद्ध बने ट्रम्प


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

ओलीको कार्यशैलीबाट दिक्क गगन, भन्छन्- बिँड तातेर के गर्नु, ताप्के नै तात्दैन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालापछि महामन्त्री गगनकुमार थापाले पनि केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरेका छन् ।

बिहीबार काठमाडौंमा कांग्रेस क्षेत्र नम्बर २ को दोश्रो प्रदेश सम्मेलनलाई सम्बोधनका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठीक ढंगले काम गर्न नसकेको बताए ।

सरकारले ठिक ढंगले काम गर्दै परिणाम देओस् भनेर संयन्त्रमा बसे पनि ताप्के (प्रधानमन्त्री) नतातेपछि समस्या भएको थापाले बताए ।

८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ : गगन थापा

गगन थापाको प्रश्न- निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा भए के गर्थे होलान् ? 

राष्ट्रपति पौडेलले भने- संवैधानिक व्यवस्था तथा शान्तिप्रति सेना र सुरक्षा निकायको प्रतिबद्धता छ

तयारी नपुगेकाले कांग्रेसको महाधिवेशन २०८२ को मङ्सिरभित्र हुँदैन : प्रवक्ता महत

उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री

आर्थिक कूटनीतिलाई अघि बढाएका छौँ : परराष्ट्रमन्त्री

समकक्षी अधिकारी र प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए भारतीय कृषिमन्त्री चौहान

भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान दुई दिने नेपाल भ्रमण सकेर फर्किएका छन् ।

काठमाडौंमा आयोजित तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कृषि मन्त्रीस्तरीय बैठक (तेस्रो बीएएमएम) मा सहभागिता जनाउन उनी मंगलबार नेपाल आएका थिए ।

बितेका एक दशकमा बंगालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, कनेक्टिभिटी र आर्थिक समुन्नतिलाई प्रवर्द्धन गर्न बिम्स्टेक एक महत्वपूर्ण मञ्चको रूपमा उदय भएको सन्दर्भमा यो बैठक भएको हो ।

समाजलाई सङ्गठित गर्नु आजको आवश्यकता हो : उपराष्ट्रपति यादव

समावेशी प्रतिनिधित्वका विषयमा ध्यान दिने गृहमन्त्रीको प्रतिबद्धता

उद्योगमन्त्री भन्छन्- लगानीको वातावरण अनुकूल बनाउन नीतिगत सुधारलाई निरन्तरता दिएका छौँ

सदर चिडियाखाना अब बेलुका ८ बजेसम्म सञ्चालन हुने

माया लागे पूर्वराजाले आफ्नो सम्पत्ति जनतालाई दिउन् : सिटौला

नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले साँच्चिकै जनताको माया लाग्छ भने आफ्नो सम्पत्ति जनतालाई दिन पूर्वराजालाई चुनौती दिएका छन् ।

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिद्वारा बिहीवार राजधानीमा आयोजित ‘संघLय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो सबै सम्पत्ति जनतालाई बाँड्न चुनौती दिएका हुन् ।

कार्यक्रममा उनले भने, ‘‘साँच्चिकै जनताको माया लाग्छ र कल्याण गर्न मन भए उनको सम्पती जनतालाई दिए भो नि ! आँट छ ? हिम्मत छ ?’’ उनले अब राजतन्त्र र राजा सुन्दा मात्रै मजा आउने दन्ते कथा भइसकेको टिप्पणी गरे ।

बाँके र बर्दिया आउन चाहे कर्णालीमा स्वागत गर्छौँ : मुख्यमन्त्री कँडेल

मुख्यमन्त्री कँडेलको एक वर्ष : सडक निर्माण र भूकम्पको पुनर्निर्माण (पूर्णपाठ)

शिक्षामन्त्री र शिक्षक महासंघका पदाधिकारीबीच छलफल जारी 

‘मुलुकको समान विकासका लागि संघीय शासन प्रणाली बलियो बनाउनुपर्छ’

प्रचारबाजी हैन जनताले महसुस गर्नेगरी विकासका काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

माओवादी उपाध्यक्षले भेटे पत्रकार रजकको परिवारलाई

नवनिर्वाचित अध्यक्ष मिश्र भन्छन्- संविधान संशोधनमा बारले रचनात्मक भूमिका खेल्छ

नेपाल बार एशोसियशनकाे नव अध्यक्ष विजय मिश्रले संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिस्पर्धी रमण श्रेष्ठलाई अत्यधिक मतले पराजित गरेर विजयी बनेका अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्नेसमेत बताएका छन् ।

नेपाल बारमा कांग्रेस एमालेका प्यानलै विजयी, अबको नेतृत्व विजय मिश्र

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

भक्तपुरमा बिस्का जात्राको उल्लास (तस्बिरहरू)

आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा बिहीबारबाट सुरु भएको छ ।

बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथ र भद्रकालीको रथ तानातान गर्दै सुरु भएको हो । काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ ।

भृकुटीमण्डपमा फूलदेखि जडीबुटीसम्मको मेला (तस्बिरहरू)

भूकम्प प्रभावित म्यानमारलाई नेपालको २७ टन राहत

शैक्षिक परामर्श दिने कम्पनीलाई ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवर्द्धन गर्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौं महानगरका सबैको खातामा पुग्यो तलब, गुरागाईं हाजिर भएको सात दिनपछि कार्यालयमा बालेन

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं फर्किएपछि सबै जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा ३ महिनाभन्दा लामो समयदेखि रोएिको कर्मचारीको सबै तलब भुक्तानी भएको हो ।

बालेनका स्वकीय सचिव र नगरप्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न माग

वर्षाले पनि रोकिएन शिक्षक आन्दोलन, छाता ओढेरै निस्किए सडकमा (तस्बिरहरू)

खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस

गण्डकी प्रदेशसभा : दश विधेयक विषयगत समितिमा

अमेरिकालाई चीनको जवाफ- हामी डराउँदैनौँ, कसैसँग झुक्दैनौँ

अमेरिकाले लगाएको एकपछि अर्को करलाई लिएर चीनले कडा प्रतिक्रिया दिएको छ ।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्गले सामाजिक सञ्जालमा भनेकी छन्, ‘चीन पछि हट्नेवाला छैन ।’

उनले कोरियाली युद्धका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वनेता माओत्से तुङको एक पुरानो भिडियो पोस्ट गरेकी छन् ।

युक्रेनको दाबी- रूसका लागि युद्ध लड्दैछन् चिनियाँ नागरिक, दुईजना समातिए

अमेरिकाले अरु करहरूको पनि समीक्षा गरोस् : जापान

ट्रम्पको ट्यारिफ स्थगनको निर्णयपछि शेयर बजार चुलियो

जवाफी कर नीतिले ट्रम्प चीनविरुद्ध आक्रोशित : प्रतिकार गर्नेसँग कठोर बन्ने

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ८ : ०७ बजे

ताप्लेजुङ घटनाबारे योगेश भट्टराईले भने- मलाई कुनै दुःख छैन

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङमा ‘नो केबलकार’ समूहले

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन आवश्यक : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम

नेता र नेतृत्वमाथि सामाजिक सञ्जालमा गाली : नियत कि नियति !

मान्छे हुनुको अर्थ, ऊ जीवित हुनुमात्र होइन । मान्छे हुनु

तीनकुने घटनामा पक्राउ परेकाहरूको बयान : लहैलहैमा आन्दोलनमा लागियो

काठमाडौं – राजावादीको आन्दोलनमा समातिएका अधिकांशले लहैलहैमा आन्दोलनमा लागेको बयान

पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका : मन्त्री पाण्डे

पाटन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन