भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन छिटै सहमति हुन्छ : प्रवक्ता गुरुङ « Khabarhub

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन छिटै सहमति हुन्छ : प्रवक्ता गुरुङ


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल–चीनबिचको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको बैठकमा सहभागी हुन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।  

बुधबार सिंहदरबारमा जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने व्यापार सहजीकरण समितिको १३ औँ बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयोजक्तवमा वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले असार १० देखि १२ गतेसम्म चीनको बेइजिङमा हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड आफ गभर्नसको वार्षिक बैठकमा सहभागी हुन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै निर्माण व्यवसायसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । 

बैठकले नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औँ तह अतिरिक्त स्वास्थ्य सचिव पदमा डा केशर बहादुर ढकाल र डा श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ भने नेपाल गुणस्तर(प्रमाणपत्र) तेश्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएका प्रवक्ता गुरुङले बताए  ।  

त्यस्तै प्रवक्ता गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग अनुचित भएको भन्दै छानबिन समिति बनाउने विषयमा छिटै सहमति हुने बताए  । 

छानबिन समिति कै विषयमा दलहरुबीच छलफल भएको उल्लेख गर्दै प्रवक्ता गुरुङले बजेट सम्बन्धी छलफल प्रक्रियालाई अगाडि बढाउन आफूहरूले आग्रह गरेको धारणा राखे । 

त्यस्तै उनले प्रधानमन्त्रीले भनेको झोले शब्दलाई अपव्याख्या नगर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  २ : ५४ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्