काठमाडौं – बालबालिकाको विद्यालय शिक्षा प्रारम्भ नर्सरीदेखि हुन्छ। तर पछिल्लो दशक यता विद्यालय शिक्षा अगावै मण्टेश्वरी पठाउने अभ्यास हुँदै आइरहेको छ। मण्टेश्वरी भनेको बालबालिकालाई विद्यालय जाने बानी बसाल्ने पूर्व तयारी हो।
मण्टेश्वरीमा पढाइ भन्दा पनि बालबालिकालाई घर बाहिर बस्न, साथी र शिक्षकहरुसँग घुलमिल हुन सिकाइन्छ। विशेष गरी सहरहरुमा मण्टेश्वरी निकै लोकप्रिय छ। यो सहरबासीहरुका लागि बाध्यता पनि हो। अझ एकल परिवारमा बस्ने अभिभावकहरुहरुले बालबालिकालाई मण्टेश्वरीमा छोडेर काममा जानुपर्ने हुन्छ।
मण्टेश्वरीको शुल्क विद्यालय शिक्षा भन्दा महङ्गो पनि छ। स-साना बच्चाहरुलाई निकै संवेदनशील भएर हेरचार गर्नुपर्ने भएकाले पनि यसको शुल्क महङ्गो पर्न जान्छ। हेरचारसँगै खेलकुद, खाजा सबै कुराको व्यवस्था हुन्छ। बच्चाहरुका लागि सुत्ने ठाउँको पनि व्यवस्था गरिएको हुन्छ।
मण्टेश्वरीका शिक्षकहरुले विशेष तालिम लिएका हुन्छन्। बालबालिका मैत्री हुन सक्नेहरुले मात्रै मण्टेश्वरीमा काम गर्न योग्य रहन्छन्। मण्टेश्वरी भनेको अभिभावक ढुक्क हुने स्थिति हो। आफ्नो बच्चाले उचित हेरचाह र संरक्षण पाएको हुन्छ भन्ने हुन्छ।
तर जुन आशाले बच्चा मण्टेश्वरीमा राखिएको हुन्छ। त्यो भन्दा फरक भएपछि अभिभावकको मन कति कटक्क पर्दो होला ? मण्टेश्वरीबाट फर्किएको बच्चाको शरीरमा चोट लागेको देख्दा कस्तो हुन्छ ? अझ के भएर चोट लाग्यो भनेर सोध्दा उल्टै थाहा नभएको भन्दै गैर जिम्मेवार जवाफले अभिभावकलाई कति हतोत्साही बनाउँछ ?
कपिलवस्तु स्थायी घर भएका काठमाडौँ बस्ने माधव अर्याल अहिले मण्टेश्वरीमा आफ्नो अढाइ वर्षकी छोरीमाथि भएको अन्याय र अत्याचारको विरुद्ध उपभोक्ता अदालत पुगेका छन्।
मण्टेश्वरी जाने भन्ने बित्तिकै बच्चा तर्सिएर, डराएर सधै रुने भएपछि मण्टेश्वरीको वातावरण कति भयानक होला ? एक महिना होइन, दुई महिना होइन। जति समय बित्दै जान्छ बच्चा मण्टेश्वरी जान डराउँछ। आफूलाई त्यहाँ नपठाउन अनुनय गर्छ। चिच्याउछ रुन्छ कराउछ।
बच्चालाई राम्रो पढाउँछु। शिक्षित बनाउछु। आत्मनिर्भर बनाउँदै उसको उज्वल भविष्यको कल्पना गरेको अभिभावक क, ख नसिक्दै बच्चाले मण्टेश्वरी नै रिजेक्ट गरेको दृश्य सामान्य होइन।
कपिलवस्तु स्थायी घर भएका काठमाडौँ बस्ने माधव अर्याल अहिले मण्टेश्वरीमा आफ्नो अढाइ वर्षकी छोरीमाथि भएको अन्याय र अत्याचारको विरुद्ध उपभोक्ता अदालत पुगेका छन्।
नयाँबजार वडा नम्बर–१६ स्थित ‘न्यु किड्स केयर एकेडेमी’ मा अर्यालले २०८१ फागुन १४ गतेबाट छोरी पठाउन सुरु गरे। उक्त मण्टेश्वरीका सञ्चालकले पटकपटक छोरी पठाउन अनुरोध गरेपछि निजको प्रस्ताव स्विकार गरी पठाइएका थिए।
सुरुका दिनमा बच्चा जान नमान्नु स्वाभाविक हो। तर दिन बित्दै जाँदा पनि छोरीलाई बानी लागेन। झनै उनी डराउन र त्रसिए जस्तो गर्न थालिन्। अभिभावकले आफ्नो बच्चा किन यस्तो भएको भनेर सोधे। सञ्चालकले केही हुँदैन। बच्चाहरु यस्तै हो, कसैको छिटो बानी लाग्छ, कसैलाई समय लाग्छ। आत्तिनु पर्दैन। हामीले बानी पार्छौ भनेर सम्झाइबुझाइ गरे।
सञ्चालकको कुरा विश्वास गरेर बानी बसाल्नै भए पनि जबर्जस्ती पठाए। तर वैशाख १२ गते मण्टेश्वरीबाट घर फर्किदा छोरीको घुँडामा ठुलो चोट थियो। चोटको बारेमा सोध्दा मुख्य जिम्मेवार प्रिन्सिपलले आफूलाई थाहा नभएको जवाफ दिए।
अर्काको बच्चाको जिम्मा लिइसकेपछि घोडामा लागेको चोट कसरी लाग्यो भन्ने कुराको जवाफदेहिता दिनुपर्नेमा गैरजिम्मेवार जवाफ दिए। मण्टेश्वरी भनेको पैसा उठाउने मात्रै हो ? शुल्क लिने तर बच्चाको ध्यान नदिने ?
अर्काको बच्चाको जिम्मा लिइसकेपछि घोडामा लागेको चोट कसरी लाग्यो भन्ने कुराको जवाफदेहिता दिनुपर्नेमा गैरजिम्मेवार जवाफ दिए। मण्टेश्वरी भनेको पैसा उठाउने मात्रै हो ? शुल्क लिने तर बच्चाको ध्यान नदिने ?
बच्चा स्वतन्त्रताप्रेमी स्वभावका हुन्छन्। उनीहरुलाई प्रेम स्नेह मार्फत संरक्षण गर्नुपर्नेमा एकेडेमीले शारीरिक तथा मानसिक यातना दिने गरेको फिरादमापत्रमा उल्लेख छ।
मण्टेश्वरी भनेको बालबालिकाहरुका लागि स्याहारसुसार, संरक्षण र हेरचाह गर्ने र पढाईमा जागरुकता ल्याउने उद्देश्यले स्थापना भएको हुन्छ। प्राथमिक शिक्षा पूर्व बालबालिकाको शारीरिक तथा मानसिक विकासको लागि बौद्धिकस्तर वृद्धि गर्ने कार्यमा प्रत्यक्ष सहयोग गर्दछ।
शैक्षिक संस्था हो। राम्रै शिक्षा दिने अपेक्षा गरिएको थियो। त्यसमाथिमा मण्टेश्वरीमा तालिम प्राप्त लाइसेन्स भएका शिक्षक शिक्षिका हुन्छन्। यातना दिने भएकै कारणले छोरीले मण्टेश्वरी जान नमान्ने रहिछन्। उक्त मण्टेश्वरी मात्रै होइन अर्को मण्टेश्वरीमा समेत छोरी जान मानिनन्।
यसरी एक मुना नपलाउँदै निमोठ्ने प्रयास गरिएको छ। एक बच्चाको भविष्यमाथि खेलवाड गरिएको छ। निजहरुको व्यवहार र घुडामा लगाएको चोटको कारण अर्को मण्टेश्वरी जान मानेकी छैनन्। शैक्षिक सत्रको मध्य समयमा उनी शिक्षाबाट बञ्चित भइ बस्नुपरेको छ।
शिक्षा जस्तो बहुमूल्य र मौलिक हकबाट बञ्चित भई बसेकी छिन्। शारीरिक र मानसिक विकास हुनुको सट्टा तर्सिने, डराउने, कराउने र रुने गरेकी छिन्।
मण्टेश्वरीका जिम्मेवार कर्मचारी र व्यवस्थापनको कमजोरीले गर्दा छोरीको घोडामा चोट देखि मानसिक रुपमा कमजोर बनाएको भन्दै अर्याल क्षतिपूर्तिसहित कारवाहीको माग गर्दै उपभोक्ता अदालत पुगेका छन्।
दुई लाख ५० हजार क्षतिपूर्ति
छोरीको भविष्यलाई लिएर निकै चिन्तित भएका अभिभावक यस्ता मण्टेश्वरी सञ्चालक जुनसुकै व्यहोराबाट उम्किन नहुने भन्दै अदालत पुगेका हुन्। क्षतिपूर्ति स्वरुप अर्याललले २ लाख ५० हजार क्षतिपूर्ति दिलाइदिन अपिल गरेका छन्।
छोरीको भविष्यलाई लिएर निकै चिन्तित भएका अभिभावक यस्ता मण्टेश्वरी सञ्चालक जुनसुकै व्यहोराबाट उम्किन नहुने भन्दै अदालत पुगेका हुन्। क्षतिपूर्ति स्वरुप अर्याललले २ लाख ५० हजार क्षतिपूर्ति दिलाइदिन अपिल गरेका छन्।
बालबालिकाको हकमाथि गरेको खेलवाडको क्षतिपूर्ति कुनै कुरा पूर्ति गर्न सक्दैन। अब उप्रान्त त्यस्तो कसैको बच्चालाई नहोस् भनेर क्षतिपूर्ति भराउनै पर्ने कुरा पनि फिरादपत्रमा उल्लेख गरिएको छ।
साथै, ‘न्यु किड्स केयर एकेडेमी’ शिक्षा नियमावली २०५९ को नियम ५ को उपनियम (४) बमोजिम काठमाडौँ महानगरमा दर्ता समेत नगरी सञ्चालन गरेको पाइएको छ। संविधानको धारा ४४(२) उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३, ५० र ५१ समेत गरी क्षतिपूर्तिसहितको न्याय माग गरिएको छ।
प्रतिक्रिया