सिंहदरबारको पुननिर्माण दुई महिनापछि मात्रै : अर्थमन्त्री खनाल | Khabarhub Khabarhub

सिंहदरबारको पुननिर्माण दुई महिनापछि मात्रै : अर्थमन्त्री खनाल


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पुननिर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने जानकारी दिएका हुन् । उनले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सरकारी संरचनातर्फ करिव सय अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताए ।

जेन जी आन्दोलन क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न स्थापना गरिएको कोषमा ८ करोड रुपैयाँ जम्मा भएको उनले जानकारी दिए । मन्त्री खनालले टुक्रे आयोजनाहरूको बजेट कटौती गरि हुलाकी, मध्यपहाडी लोकमार्ग, बीपी राजमार्ग लगायतका  रणनीतिका आयोजनाहरूलाई प्राथमिकतामा राखेर बजेट छुट्टाइएको उल्लेख गरे । 

जेन-जी आन्दोलनको माग अनुसार बजेटको सही परिचालनका लागि सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डलाई प्रभावकारी बनाइएको उनले बताए । मन्त्री खनालले आयकर घटेपनि समग्र राजस्व बढेको बताए ।

उनले जेन-जी आन्दोलनपछि सेप्टेम्बरमा पर्यटक आगमनको सङ्ख्या घटेपनि त्यसपछि भने पर्यटक आगमनको सङ्ख्या निकै बढेको धारणा राखे । उनले जेन-जी आन्दोलनपछि निजी क्षेत्रमा भएको क्षतिपछि व्यवसायिक वातावरण बनाउन सरकारले अधिकतम पहल गरेको जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : ५० बजे

अस्ट्रेलियामा भेटियो ‘लुसिफर’ नामक सिङ भएको मौरी

सिड्नी– अस्ट्रेलियामा अहिले सिङ भएको ‘लुसिफर’ मौरी भेटिएको छ ।

संसद् विघटनविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेले संसद् विघटनविरुद्ध काठमाडौंको वसन्तपुरमा मंगलबार प्रदर्शन गरेको

स्वास्थ्य क्षेत्रका कार्यक्रम र बजेटमा दोहोरोपना हटाउनुपर्नेमा जोड

पाटन – स्वास्थ्य सेवाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहले

डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना

काठमाडौं– विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा शान्ति पूजाको

त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता