मधेशका मुख्यमन्त्री यादवले भने- मेरो नियुक्तिविरुद्ध सर्वोच्चले फैसला गरे तत्काल पद छाड्छु « Khabarhub

मधेशका मुख्यमन्त्री यादवले भने- मेरो नियुक्तिविरुद्ध सर्वोच्चले फैसला गरे तत्काल पद छाड्छु


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले फैसला गरेमा तत्काल पद छाड्ने बताएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति असंवैधानिक वा गलत ठहराएमा एक छिन पनि पदमा नबस्ने बताएका हुन् ।

संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै यादवले दलहरूले सहयोग गर्नेमा विश्वस्त रहेको धारणा राखे ।

विगतमा सरकार बन्दा एमालेले अन्य दललाई मुख्य रूपमा सहयोग गरेको हैसियतमा अव आफूलाई अन्य दलले आफूलाई विश्वासको मत दिने उनले बताए ।

मुख्यमन्त्री यादवले अघिल्लो दिन आफूले नियुक्तिको पत्र पाइसकेपछि शपथ ग्रहण गराएर मात्रै काठमाडौं जान प्रदेश प्रमुखलाई भनेको स्पष्ट पारे  । त्यसैका कारण आफ्नो शपथ बिहानै होटलमा आयोजना गरिएको उनको भनाइ छ । उनले प्रदेश प्रमुख पदमुक्त गरिएकोमा असन्तुष्टि व्यक्त गरे । 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  २ : ५८ बजे

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने