मलेसिया-थाइल्यान्ड समुद्री सीमामा आप्रवासी बोकेको डुङ्गा दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो « Khabarhub

मलेसिया-थाइल्यान्ड समुद्री सीमामा आप्रवासी बोकेको डुङ्गा दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कोलालम्पुर– मलेसिया–थाइल्यान्ड समुद्री सीमामा  कागजातविहीन आप्रवासी बोकेको डुङ्गा गत हप्ता डुब्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको तथा १३ जनालाई उद्धार गरिएको अधिकारीहरूले मंगलबार बताएका छन् ।

सोमबार केदाह राज्यमा एक बच्चा, दुई पुरुष र दुई महिलासहित पाँच जनाको शव फेला परेको केदाह र पर्लिस राज्यका लागि मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) का निर्देशक रोमली मुस्तफाले विज्ञप्ति मार्फत बताएका छन् । 

खराब मौसमका कारण स्थगित गरिएको खोजी कार्य ममंलबार देखि पुनः सुरु गरिएको उनले बताए ।  

यस वर्ष मात्रै केदाह राज्यको प्रमुख पर्यटकीय गन्तव्य लाङ्गकावी वरपर ४३६ आप्रवासीहरू पक्राउ भएको जनाउँदै उनीहरू यहाँ बस्नका लागि नभई देशका अन्य भागमा जानका लागि आएको बताए ।  

यसैबीच, एमएमइएले सन् २०२० देखि सोही क्षेत्र हुँदै देशमा प्रवेश गर्न खोज्ने करिब एक हजार ३३३ अवैध आप्रवासीलाई रोकिसकेको बताएको छ । 

सोही अवधिमा २४ जना क्याप्टेन र चालक दलका सदस्यहरूलाई समेत नियन्त्रणमा लिई हिरासतमा लिइएको जनाइएको छ । रासस

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  २ : ४८ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम