सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ स्थित सडकमा प्रदेश.१-०२-००१ ख ९२०७ नम्बरको ट्रकले प्रदेश.१-०२-०४१ प ४४३० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-२ बस्ने ४५ वर्षीया रसिदा खातुनको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, धादिङको थाक्रे गाउँपालिका-३ अमर्खुस्थित सडकमा अमर्खुबाट महादेववेशीतर्फ जाँदै गरेको लु.६ प ९०३४ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ लामागाउँ बस्ने ५५ वर्षीया इन्दिरा अर्यालको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको साईबाबा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ४ : ३८ बजे

असी करोड आठ लाख राजस्व संकलन

बागमती– हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ

रास्वपाको धोका हाम्रा लागि ठूलो पाठ भयो, आत्तिएका छैनौँ : कुलमान घिसिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँग १२ दिने एकीकरणमा जाँदा कुलमान घिसिङ नेतृत्वको

बक्सअफिस : ‘कुमारी’का डेब्यूटान र ‘रमिताको पिरती’का स्टारबीचको भिडन्त

काठमाडौं – शुक्रबारबाट दुई नेपाली फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’

डब्ल्युपिएलको उपाधि आरसिबीलाई

काठमाडौं – भारतको महिला प्रिमियर लिग (डब्ल्युपिएल)को उपाधि रोयल च्यालेन्जर्स

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड– भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात