दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी « Khabarhub

दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानीको मुटुमा भएको घातक कार विस्फोटलाई ‘गम्भीर षड्यन्त्र’ भन्दै यस घटनाका दोषीहरूलाई न्यायको कठघरामा उभ्याइने प्रतिबद्धता जनाएका छन् । सोमबार ऐतिहासिक लालकिल्ला नजिकै भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु र १९ जनाभन्दा बढी घाइते भएका छन् ।

भारतका सबैभन्दा चिनिएका स्मारकहरूमध्ये एक लालकिल्ला नजिकै भएको उक्त विस्फोटको कारण र स्वरूपबारे अनुसन्धान जारी रहेको दिल्ली प्रहरीले जनाएको छ । 

प्रधानमन्त्री मोदीले भुटानको राजकीय भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘म सबैलाई विश्वास दिलाउँछु कि सम्बन्धित एजेन्सीहरूले सम्पूर्ण षड्यन्त्रको तहसम्म पुग्नेछन् । यस घटनामा संलग्न सबैलाई न्यायको कठघरामा ल्याइनेछ ।’

अप्रिल २२ पछि भारतमा यो सबैभन्दा ठूलो सुरक्षा घटना हो । उक्त दिन दिन भारत प्रशासित कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जना हिन्दू नागरिकको हत्या भएको थियो । त्यसपछि भारत र पाकिस्तानबीच सीमा तनाव चर्किएको थियो ।

सोमबारको विस्फोट केही घण्टाअघि भारतीय प्रहरीले पाकिस्तानमा आधारित आतङ्कवादी समूह जैश–ए–मोहम्मद र अल–कायदाको काश्मीर शाखा अन्सार गजवत–उल–हिन्दसँग सम्बन्धित गिरोहका सदस्यहरूलाई पक्राउ गरी विस्फोटक पदार्थ र आक्रमणकारी राइफलहरू बरामद गरेको घोषणा गरेको थियो । यी दुवै समूह भारतमा प्रतिबन्धित आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध छन् ।

रक्षामन्त्री राजनाथ सिंहले पनि नयाँदिल्लीमा आयोजित सम्मेलनमा अनुसन्धान एजेन्सीहरू ‘गहन र तीव्र अनुसन्धानमा जुटेका छन्’ भन्दै अनुसन्धानको नतिजा चाँडै सार्वजनिक गरिने बताए । उनले प्रधानमन्त्री मोदीका शब्दहरूसँगै दोहोर्‍याउँदै भने, ‘यस दुःखद घटनाका दोषीहरू कुनै पनि परिस्थितिमा उन्मुक्ति पाउने छैनन्, तिनीहरूलाई कठोर सजाय दिइनेछ ।’

दिल्ली प्रहरीका वरिष्ठ अधिकारी राजा बन्थियाले पुरानो दिल्लीको भीडभाडपूर्ण क्षेत्रमा भएको विस्फोटको अनुसन्धान आतङ्कवाद विरोधी कानून अन्तर्गत भइरहेको जानकारी दिए । 

नयाँदिल्लीका उप प्रमुख अग्नि अधिकारी एके मलिकका अनुसार घटनापछि आठ जनाको मृत्यु भएको पुष्टि भएको थियो, तर प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार मृतकको सङ्ख्या १२ पुगेको अनुमान गरिएको छ, यद्यपि उक्त तथ्याङ्क अझै आधिकारिक रूपमा पुष्टि भएको छैन ।

भारत सरकारले यस घटनालाई पाकिस्तानको समर्थनमा सञ्चालित आतङ्कवादी गतिविधिसँग जोड्दै कडा प्रतिक्रिया जनाएको छ । यद्यपि पाकिस्तानले ती आरोपहरू अस्वीकार गरेको छ । 

अप्रिलको पहलगाम आक्रमणपछि दुवै आणविक शक्ति सम्पन्न देशहरूबीच मे महिनामा गोलीबारी, तोपखाना र ड्रोन आक्रमणमा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यसपछि मात्र युद्धविराम कायम गरिएको थियो ।

भारतको राजधानीमा यसअघि सन् २०११ सेप्टेम्बरमा ठूलो आतङ्कवादी आक्रमण भएको थियो । सो बेला ब्रिफकेसमा लुकाइएको बम उच्च अदालत बाहिर विस्फोट भएको थियो । हालको दिल्ली विस्फोटलाई त्यसपछिको सबैभन्दा गम्भीर सुरक्षा चुनौतीका रूपमा हेरिएको छ । रासस
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ५ : ३० बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा