ललितपुर र भक्तपुरका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु « Khabarhub

ललितपुर र भक्तपुरका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि)आजदेखि ललितपुर र भक्तपुरका एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालेको छ । 

आज दुवै जिल्लास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रमा बालबालिकालाई ल्याई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको छ । मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरुप सेवन गराइने विधिलाई ‘स्वर्ण विन्दु प्राशन’ आज खुवाइएको हो ।

बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रबाट ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन तयारी गरेको छ । विभागका चिकित्सक डा सुशान्त भण्डारीले ललितपुरको महालक्ष्मी र भक्तपुरको कमलविनायकमा बालबालिकालाई पहिलो चरणमा  ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको जानकारी दिए । 

उनका अनुसार ललितपुरमा १८० र भक्तपुरमा ८० बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको छ । उनले ‘स्वर्ण विन्दु प्राशन’ खाएका बालबालिकामा बौद्धिक विकास देखिने बताए। 

उनका अनुसार एकदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र तीनदेखि पाँच वर्ष मुनिका बालबालिकालाई चार थोपा ‘स्वर्ण विन्दु प्राशन’ खुवाउनुपर्ने हुन्छ । विभागले गत भदौ ५ गते धनगढीबाट ‘स्वर्ण विन्दु प्राशन’को सुरुआत गरेको हो । 

विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादव ‘स्वर्ण विन्दु प्राशन’को प्रभाव बालबालिकालाई परेकाले चाँडै नै देशभरिका आयुर्वेद केन्द्रबाट सबै बालबालिकालाई खुवाउने गरी तयारी गर्ने जानकारी दिए । b

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ४ : ५० बजे

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर