एनपीएलका लागि तयार हुँदैछ त्रिवि क्रिकेट मैदान (तस्बिरहरू) « Khabarhub

एनपीएलका लागि तयार हुँदैछ त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ । यही मंसिरमा हुने एनपीएल भन्दाअघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको हो ।

रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लडलाइटको ६ वटै पोल उठाइसकिएको छ । लाइट जडानको  काम धमाधम हुँदैछ।

रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०-३० टनका हाइमास्ट लाइट जडान भइरहेका छन्  अब हुने एनपीएलको दोस्रो संस्करण खेल यही मंसिर १ गतेबाट सुरु हुँदैछ । यसमा उपाधिका लागि ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

यसपालीको खेल तालिका पनि सार्वजनिक  भएको छ भने तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ ।

तालिकाअनुसार एनपीएलको लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिनेछन् र प्लेअफका ३ तथा फाइनल खेल  फ्लडलाइटमा हुनेछन् ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : ०६ बजे

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने