‘आसन्न निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ’ « Khabarhub

‘आसन्न निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ’


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्ने बताएका छन् । 

नेपाल कानुन समाजद्वारा मंगलबार आयोजित ‘आगामी प्रतिनिधिसभाको निर्वाचन : चुनौती र अवसर’ विषयक अन्तरक्रियामा उनले सरकार, राजनीतिक दल, जेन-जी पुस्ता, नागरिक समाजबीचको हार्दिकतापूर्ण संवादको माध्यमबाट त्यसखाले निर्वाचनको वातावरण बनाउन सकिने धारणा व्यक्त गरे । 

संविधान निगरानी समूहका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘आगामी निर्वाचन ‘निर्वाचनका लागि निर्वाचन’ नभई निर्वाचन कानुन, पद्धति र प्रक्रिया सुधार गरेर लैजानुपर्छ, जसले आमजनता र युवा पुस्ताको भावनालाई सम्बोधन गर्न सकोस्, लोकतन्त्रको लामो अभ्यास भए पनि अहिले नेता बलिया र जनता कमजोर जस्तो देखिएको छ, यसमा रूपान्तरण हुनुपर्छ ।’

नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले प्रत्यक्ष निर्वाचित कार्यकारीले मुलुकमा अहिले उठेका सबै माग, मुद्दा र समस्या अन्त्य गर्छ भन्ने सोचमा पुनर्विचार गर्नुपर्ने बताए । 

उनले भने, ‘अहिले कानुन एकातिर छ, अभ्यास अर्कातिर छ, राजनीतिक दललाई विभाजन गर्नेमा दल र स्वयम् नेता लाग्नुभएको छ, विदेशमा रहेका नेपालीले मतदान गर्ने विषयमा कानुनी प्रश्न उठ्न सक्छ, त्यसप्रति अहिले नै सजग हौँ ।’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अग्निप्रसाद खरेलले आफ्नो पार्टी लोकतान्त्रिक पद्धति र संविधान रक्षाका लागि प्रतिबद्ध रहकाले चुनावको उपयुक्त वातावरण बनेका खण्डमा निर्वाचनमा भाग लिन आतुर रहेको बताए ।

उनले भने, ‘निर्वाचनको वातावरण बनाउन मुख्य राजनीतिक दलसँग सरकारले हार्दिकतापूर्वक छलफल र संवाद गर्नुपर्छ, एमाले निर्वाचनबाट भाग्दैन, चुनाव गर्नुस्, भाग लिन्छौँ ।’

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : ०० बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा