वीर अस्पतालमा स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा  « Khabarhub

वीर अस्पतालमा स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा 


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालमा स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा आएको छ ।

अस्पतालको न्यूरोसर्जरी विभाग तथा अमेरिकाको क्यारिलियन रोवएनोके अस्पतालको सहकार्यमा डिप ब्रेन स्टीम्युलेसन र स्पाइनल स्टीम्युलेसन सेवा सञ्चालनमा ल्याइएको प्रा.डा.राजीव झाले बताए ।

न्युरो विभागका प्रमुख समेत रहेका प्रा.डा.झाका अनुसार यी दुई प्रविधिले पार्किन्सन, छारे रोग र ओसीडीका बिरामीको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

पार्किन्सन रोग, छारे रोग, डिप्रेसन, शारीरिक कम्पन, डिस्टोनिया र ओसीडी जस्ता स्नायुगत समस्याहरूमा परम्परागत उपचारले सुधार नआएका बिरामीका लागि यो सेवा सुरु गरिएको हो ।

यो नयाँ उपचारका लागि बिरामीहरूको छनोट आउँदो चैत्र १८ गतेसम्म अस्पतालको न्यूरोसर्जरी विभागमा बिहान १२ बजेदेखि साढे १ सम्म हुने अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १२ : ०८ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,