अविरल वर्षाले साल्पामा छ घर विस्थापित « Khabarhub

अविरल वर्षाले साल्पामा छ घर विस्थापित


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– अविरल वर्षाका कारण भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–६ मा छ घरपरिवार विस्थापित भएका छन् । 
    
केही दिनदेखिको अविरल वर्षाका कारण साल्पासिलिछो वडा नं ६, खाम्दाकका छ घर परिवार घर छाडेर अन्यत्र विस्थापित भएका हुन् । घरमाथि र मुनिबाट पहिरो जान थालेपछि उनीहरूलाई सुरक्षित आफन्त तथा अन्य स्थानमा स्थानान्तरण गरिएको वडाध्यक्ष विक्रम वनले जानकारी दिए । चर्किएर घरमा बस्न नमिल्ने गरी क्षति पुगेकाले उनीहरूलाई आफन्त र क्लबको भवनमा राखिएको वडाध्यक्ष वनको भनाइ छ । 
    
विस्थापित हुनु हुनेहरूमा सोही वडाका विक्रम राई, विजय राई, धर्मराज राई, दलकुमार राई, ज्योती राई र देउराज राईको परिवार रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश यादवले वर्षासँगैको पहिरोको जोखिममा परेको जानकारी आएको बताए। 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ४ : ५९ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : देउवाले महामन्त्रीद्वयलाई बोलाए

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती