अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ « Khabarhub

अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ

संसद विघटन गर्न यसरी तयार भए राष्ट्रपति



काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने सहमति जुटेको छ ।

जेन-जी प्रदर्शनपछि उत्पन्न राजनीतिक सङ्कटको तत्कालीन हल गर्नेगरी राष्ट्र्रपति कार्यालय शीतलनिवासमा सहमति जुटेसँगै कार्कीले आजै पद तथा गोपनीयताको सपथ लिँदैछिन्‌ ।

झण्डै चार घण्टा लामो वार्तापछि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति जुटेको त्यहाँ सहभागी जेन-जी प्रतिनिधि आशिष तामाङले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरमै प्रतिनिधि सभा विघटनको सूचना सार्वजनिक गर्दैछन् । उनको सचिवालयका अनुसार पौडेलले ८ बजेसम्ममा सूचना सार्वजनिक गरिसक्ने छन्‌ ।

तामाङका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीबीच करिब चार-पाँच घण्टा लामो वार्ता भएको थियो । त्यसअघस दुई व्यक्तिहरूले प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि वार्ता गरेका थिए ।

वार्तापछि सबै कुराहरू मिलाएर कार्कीलाई अन्तरिम सरकारको नेतृत्व बनाउने विषयमा सहमति जुटेको हो ।

संसद विघटन गर्न यसरी तयार भए पौडेल

जेन-जी अभियन्ताहरूले पहिले संसद्‌ विघटन गरेर मात्रै अन्तरिम सरकार गठन प्रकृया थाल्नुपर्ने अडानमा राष्ट्रपति पौडेलले दिनभरजसो असहमति जनाएका थिए ।

तर, नेपाली सेनाले समेत जतिसक्दो चाँडो सहमति नजुटाएर शान्तिसुरक्षा कायम गर्नकै लागि पनि सङ्कटकाल लगाउनुपर्ने सङ्केत गरेपछि उनले छलफल तीव्र पारेका थिए ।

सहमति हुनुअघि अन्तिम क्षणसम्म संसदं विगठन नगरी अन्तरिम सरकार गठन गर्ने अडानबाट राष्ट्रपति पौडेल तब पछि हटे – जब प्रस्तावित प्रधानमन्त्री सुशीला कार्की, जेन-जी अभियन्ता र संवैधानिक निकायका केही पदाधिकारीहरूले संसद्‌ विघटन गरेर मात्रै अन्तरिम सरकार गठन गर्नुपर्ने अडान राखे ।

त्यस्तो अडान र सुझाव आएपछि राष्ट्रपति पौडेल त्यसमा सहमत भएका हुन् । सहमतिअनुसार आजै कार्कीलाई अन्तरीम सरकारको प्रमुख बनाएर शपथ खुवाइने बताइएको छ।

कार्कीलाई सपथ खुवाइएपछि मात्र उनले सानो आकारको मन्त्रीमण्डल गठन गर्ने जेनजी युवाको भनाइ छ । खबरहबले फोन सम्पर्क गर्दा कार्कीले पनि आफूले नेतृत्व लिन लागेको सङ्केत दिइन् ।

उनले खबरहबलाई भनिन्‌, ‘तपाईंहरूले सुनेको हल्ला साँचो हो ।’

यतिखेर संसद्‌ विघटन गृहकार्य भइरहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ७ : ५७ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा