कतार र भारतले स्वतन्त्र व्यापार सम्झौताबारे छलफल थाल्ने « Khabarhub

कतार र भारतले स्वतन्त्र व्यापार सम्झौताबारे छलफल थाल्ने


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतार र भारतले स्वतन्त्र व्यापार सम्झौताबारे छलफल थाल्ने भएका छन् । यसका लागि छलफलको प्रारुपलाई अन्तिम रुप दिने काम भइरहेको छ ।

भारतका उद्योग वाणिज्यमन्त्री पियूष गोयलले दुई मुलुकबीच सन् २०२६ को तेस्रो त्रैमासमा स्वतन्त्र व्यापार सम्झौता भइसक्ने अपेक्षा गरिएको बताएका छन् ।

कतार भ्रमणका क्रममा मन्त्री गोयलले यस्तो जानकारी दिएको बिजनेश टुडेले जनाएको छ । कतार भारतको महत्वपूर्ण व्यापारिक साझेदार मुलुक हो । सन् २०२४–२५ मा दुई देशबीच १४ अर्ब १५ करोड डलर बराबरको व्यापार भएको थियो ।

भारतले कतारबाट प्राकृतिक ग्यास, प्रोपेन, ब्यूटेन, मलखाद प्लास्टिकजस्ता सामग्री आयात गर्छ भने कतारतर्फ औद्योगिक सामग्री, खाद्यान्न, रत्न तथा आभूषणजस्ता वस्तु निर्यात गर्छ । मन्त्री गोयलले सन् २०३० सम्म कतार र भारतबीचको व्यापारलाई १५ अर्बबाट ३० अर्ब डलरमा विस्तार गर्ने तयारी भइरहेको जनाएका छन् ।

भारतले मध्यपूर्वको अर्को मुलुक संयुक्त अरब इमिरेट्ससँग व्यापारिक सम्झौता गरिसकेको छ । यूएईको छिमेकी ओमनसँग पनि भारतले चाँडै यस्तो सम्झौता गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ४५ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट