पुटिनको भारत भ्रमणअघि मोदीसँग टेलिफोन वार्ता « Khabarhub

पुटिनको भारत भ्रमणअघि मोदीसँग टेलिफोन वार्ता


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बरमा हुन लागेको आफ्नो भारत भ्रमणअघि प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका छन् । कुराकानीका क्रममा दुई नेताबीच द्विपक्षीय रणनीतिक साझेदारीलाई मजबुत बनाउने विषयमा पनि कुराकानी भएको छ ।

टेलिफोन वार्ताका क्रममा पुटिनले मोदीलाई ७३ औँ जन्मदिनको शुभकामना पनि दिएका थिए । उनले मोदीलाई सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

कुराकानीका क्रममा डिसेम्बरमा हुन लागेको भारत–रुस वार्षिक सम्मेलनको तयारीबारे पनि छलफल भएको थियो । यसअघि गत सेप्टेम्बर २७ मा पनि दुई नेताबीच कुराकानी भएको थियो ।

रुस र भारत लामो समयदेखि महत्वपूर्ण साझेदारका रुपमा रहँदै आएका छन् । मोदीको प्रधानमन्त्रीकालमा यी दुई देशबीचको साझेदारी थप मजबुत बन्दै गएको रिपब्लिक वल्र्डले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ५५ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा