पाकिस्तानी प्रहरी सबैभन्दा भ्रष्ट : ट्रान्सपरेन्सी « Khabarhub

पाकिस्तानी प्रहरी सबैभन्दा भ्रष्ट : ट्रान्सपरेन्सी


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ट्रन्सपरेन्सी इन्टरनेशनलले पाकिस्तानको प्रहरी सबैभन्दा धेरै भ्रष्ट संस्था रहेको जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल पाकिस्तानले जारी गरेको प्रतिवेदनमा पाकिस्तानी जनताले त्यहाँको प्रहरी सबैभन्दा भ्रष्ट सरकारी संस्था रहेको महसुस गर्ने जनाइएको छ ।

उक्त संस्थाले ४ हजार पाकिस्तानी जनतामाझ गरेको सर्वेक्षणमा यस्तो तथ्य सार्वजनिक भएको हो । हरेक प्रान्तका एक हजार जना समेटेर ४ हजार जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो ।

तीमध्ये २४ प्रतिशतले प्रहरी नै सबैभन्दा भ्रष्ट संस्था रहेको प्रतिक्रिया दिएका थिए । सबैभन्दा धेरै पञ्जाब प्रान्तका ३४ प्रतिशतले भ्रष्टाचार हुने गरेको जनाएका थिए । त्यसैगरी, बलोचिस्तानका २२ प्रतिशत, सिन्धका २१ प्रतिशत र खैबर पख्तुनख्वा प्रान्तका २० प्रतिशतले प्रहरी नै सबैभन्दा धेरै भ्रष्ट रहेको उल्लेख गरेका थिए ।

सन् २०२३ को तुलनामा भने प्रहरी भ्रष्ट रहेको भन्ने जनताको अनुभूतिमा केही सुधार भएको जनाइएको छ । प्रहरीपछि पाकिस्तानमा ठेक्कपट्टा क्षेत्र र त्यसपछि न्यायालय सबैभन्दा भ्रष्ट रहेको सर्वेक्षणका सहभागीहरुले उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  २ : ५५ बजे

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले