सहपाठीलाई जबरजस्ती बेपत्ता पारिएकोमा पाकिस्तानको तुर्बत विश्वविद्यालयका विद्यार्थीको प्रदर्शन « Khabarhub

सहपाठीलाई जबरजस्ती बेपत्ता पारिएकोमा पाकिस्तानको तुर्बत विश्वविद्यालयका विद्यार्थीको प्रदर्शन


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्ना सहपाठीलाई जबरजस्ती बेपत्ता पारिएको भन्दै पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित तुर्बत शहरमा रहेको विश्वविद्यालयमा विद्यार्थीले प्रदर्शन गरेका छन् । सो विश्वविद्यालयका तीन जना विद्यार्थी बेपत्ता पारिएका छन् ।

बलोचिस्तान पोस्टका अनुसार उक्त विश्वविद्यालयमा अध्ययन गर्ने नूर खान नजर, रहमत हाल्को र इमरान ताजको अवस्था अज्ञात रहेको जनाइएको छ । प्रदर्शनकारीले आफ्ना सहपाठीलाई तत्काल रिहा गर्न माग राख्दै नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी विद्यार्थीका अनुसार नूर खान नजर गत डिसेम्बर ६ देखि बेपत्ता छन् । त्यसैगरी, रहमत हाल्को अक्टोबर ५ देखि र इमरान ताज गत जुन २१ देखि बेपत्ता छन् ।

सरकारी पक्षबाट उनीहरुबारे कुनै जानकारी प्राप्त नभएको जनाइएको छ । लामो समयदेखि बेपत्ता पारिँदा उनीहरुको परिवारमा तनाव र चिन्ता बढेको पोस्टले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ३ : ०४ बजे

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले