प्रधानमन्त्री भलिबल कपमा शिवम् सिमेन्टले सहकार्य गर्ने « Khabarhub

प्रधानमन्त्री भलिबल कपमा शिवम् सिमेन्टले सहकार्य गर्ने


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको स्ट्रेन्थ पार्टनरको रुपमा शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ ।

जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको ९औं प्रधानमन्त्री कप एनभीए महिला-पुरुष भलिबल लिग–२०८२ मा शिवम् सिमेन्टले ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सहकार्य गर्ने भएको हो ।

राष्ट्रिय खेलको प्रवर्द्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्य अनुरूप शिवम् सिमेन्टले यस प्रतियोगितामा सहकार्य गर्न लागेको हो । हालै काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका तर्फबाट महासचिव श्री रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भी.पी श्री निखिल अग्रवाल बीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।

शिवम् सिमेन्ट लिमिटेडले यसअघि भलिबल नेपालको राष्ट्रिय खेल भइसकेपछि यसको प्रबर्द्धन गर्न विभिन्न गेमहरूमा सहकार्य गर्दै आइरहेको छ । 

प्रतियोगितामा कुल १४ टिमहरू सहभागि हुनेछन्, जसमा ६ महिला टिम र ८ पुरुष टिमबीच प्रतिस्पर्धा हुने छ ।

शिवम् सिमेन्टले नेपाली खेलकुदको समग्र विकासमा निरन्तर साथ दिँदै आएको छ । भलिबल, क्रिकेट, फुटबल, म्याराथनजस्ता लोकप्रिय खेलकुद कार्यक्रमहरूमा विगतका वर्षदेखि निरन्तर सहभागिता जनाउँदै आएको र शिवम् सिमेन्टले आगामी दिनहरूमा पनि यस्ता गतिविधिमा थप सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : ४५ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल