बेलायत र भारतबीच नौसैनिक अभ्यास « Khabarhub

बेलायत र भारतबीच नौसैनिक अभ्यास


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत र बेलायतका युद्धपोतले इतिहासमै पहिलो पटक सैन्य अभ्यास गरेका छन् । यी दुई देशका नौसेनाले गरेको अभ्यासलाई एक्सरसाइज कोन्कन २०२५ नाम दिइएको छ । यो अभ्यास अक्टोबर ५ मा भारतको पश्चिमी तटमा सुरु भएको हो ।

यसबारे भारतस्थित बेलायती रक्षा सल्लाहकारले जानकारी दिएका हुन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दिइएको जानकारी अनुसार एक्सरसाइज कोन्कनको उद्देश्य बेलायत र भारतका नौसेनाबीच उच्च समुद्री क्षेत्रमा संयुक्‍त समुद्री र हवाई क्षमताहरू अभिवृद्धि गर्नु हो ।

पोस्टमा भनिएको छ, “एतिहासिक पहिलो कदम ! बेलायत र भारतका क्यारियर स्ट्राइक समूहहरू एकसाथ जोडिएका छन् एक्सरसाइज कोन्कनले दुवै देशका नौसेनाबीच उच्च समुद्रमा संयुक्‍त समुद्री र हवाई क्षमताहरू सुदृढ गर्ने लक्ष्य राखेको छ ।”

यस अभ्यासमा बेलायतको नेतृत्व एचएमएस प्रिन्स अफ वेल्सले गरेको छ । भारतस्थित बेलायती दूतावासका रक्षा सल्लाहकारका अनुसार यो सैन्य अभ्यासपछि उक्त नौसैनिक युद्धपोतले मुम्बई र गोवा भ्रमण गर्ने छ ।

भारतीय नौसेनाले एक्समा गरेको एक पोस्टमा भनिएको छ, ‘एक्सरसाइज कोन्कन २०२५ सुरक्षित, खुला र स्वतन्त्र समुद्र सुनिश्चित गर्ने साझा प्रतिबद्धताको सुनिश्चितता हो । यसले रणनीतिक सम्बन्धहरूलाई सुदृढ पार्दै क्षेत्रीय समुद्री स्थिरतामा योगदान दिनेछ र इण्डिया–यूके भिजन २०३५ अन्तर्गतको व्यापक रणनीतिक साझेदारीलाई थप मजबुत बनाउनेछ ।”

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : १३ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा