बेलायत र भारतबीच नौसैनिक अभ्यास « Khabarhub

बेलायत र भारतबीच नौसैनिक अभ्यास


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत र बेलायतका युद्धपोतले इतिहासमै पहिलो पटक सैन्य अभ्यास गरेका छन् । यी दुई देशका नौसेनाले गरेको अभ्यासलाई एक्सरसाइज कोन्कन २०२५ नाम दिइएको छ । यो अभ्यास अक्टोबर ५ मा भारतको पश्चिमी तटमा सुरु भएको हो ।

यसबारे भारतस्थित बेलायती रक्षा सल्लाहकारले जानकारी दिएका हुन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दिइएको जानकारी अनुसार एक्सरसाइज कोन्कनको उद्देश्य बेलायत र भारतका नौसेनाबीच उच्च समुद्री क्षेत्रमा संयुक्‍त समुद्री र हवाई क्षमताहरू अभिवृद्धि गर्नु हो ।

पोस्टमा भनिएको छ, “एतिहासिक पहिलो कदम ! बेलायत र भारतका क्यारियर स्ट्राइक समूहहरू एकसाथ जोडिएका छन् एक्सरसाइज कोन्कनले दुवै देशका नौसेनाबीच उच्च समुद्रमा संयुक्‍त समुद्री र हवाई क्षमताहरू सुदृढ गर्ने लक्ष्य राखेको छ ।”

यस अभ्यासमा बेलायतको नेतृत्व एचएमएस प्रिन्स अफ वेल्सले गरेको छ । भारतस्थित बेलायती दूतावासका रक्षा सल्लाहकारका अनुसार यो सैन्य अभ्यासपछि उक्त नौसैनिक युद्धपोतले मुम्बई र गोवा भ्रमण गर्ने छ ।

भारतीय नौसेनाले एक्समा गरेको एक पोस्टमा भनिएको छ, ‘एक्सरसाइज कोन्कन २०२५ सुरक्षित, खुला र स्वतन्त्र समुद्र सुनिश्चित गर्ने साझा प्रतिबद्धताको सुनिश्चितता हो । यसले रणनीतिक सम्बन्धहरूलाई सुदृढ पार्दै क्षेत्रीय समुद्री स्थिरतामा योगदान दिनेछ र इण्डिया–यूके भिजन २०३५ अन्तर्गतको व्यापक रणनीतिक साझेदारीलाई थप मजबुत बनाउनेछ ।”

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : १३ बजे

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका