भिडियो भाइरल भएपछि बलोचिस्तानका मुख्यमन्त्रीको आलोचना शुरु « Khabarhub

भिडियो भाइरल भएपछि बलोचिस्तानका मुख्यमन्त्रीको आलोचना शुरु


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एउटा भिडियो सार्वजनिक भएपछि पाकिस्तानको बलोचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीको चौतर्फी आलोचना शुरु भएको छ । उक्त भिडियोमा उनी राज्यसञ्चालित कन्या कलेजका विद्यार्थीहरुलाई सामाजिक सञ्जालमा पाकिस्तानको समर्थनमा सामग्री फैलाउन आग्रह गरिरहेको देखिन्छ ।

गत हप्ता ‘गर्भमेन्ट गल्र्स डिग्री कलेज’ भ्रमण गर्दा मुख्यमन्त्री बुग्तीले विद्यार्थीहरूलाई पाकिस्तानको समर्थनमा सामग्री पोस्ट गर्ने प्रतिबद्धता जनाउन आग्रह गरेको देखिएको छ । भिडियोमा बुग्तीले भनेका छन्, ‘तिमी घर गएर पाकिस्तानको पक्षमा पोस्ट गर्ने वाचा गर ।’

प्रत्यक्षदर्शीहरूका अनुसार धेरै विद्यार्थीहरूले मुख्यमन्त्रीको आग्रह अस्वीकार गरेका छन् । विद्यार्थीहरुले राजनीतिक गतिविधिमा संलग्न हुन अस्वीकार गर्छन् । त्यसपछि बुग्तीले धम्कीपूर्ण शैलीमा जवाफ दिँदै एक विद्यार्थीलाई भनेका थिए— ‘तिमीबिना पनि पाकिस्तान रहिरहन्छ ।’

उनले पाकिस्तानको पक्षमा सामाजिक सञ्जालमा धारणा फैलाउनु नै नैतिक कर्तव्य रहेको बताएका छन् । यो कर्तव्य पालना गर्न असफल हुनेले प्रलयका दिन इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका सामु जवाफ दिनुपर्ने पनि चेतावनी दिएका छन् ।

सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै विद्यार्थी र राजनीतिक दलका नेताहरुले मुख्यमन्त्रीमाथि शैक्षिक संस्थाभित्र विद्यार्थीमाथि धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ४ : ३१ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र