एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंद्वारा पोखरा पराजित « Khabarhub

एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंद्वारा पोखरा पराजित


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेस्ट महिला भलिबल लिगमा पोखरा निन्जार्सलाई काठमाडौं स्पिकर्सले पराजित गरेको छ । 

बिहीबार त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा सम्पन्न खेलमा काठमाडौंले पोखरालाई ३–१ को सेटमा पराजित गरेको हो । 

पहिलो सेटमा काठमाडौं २५–१९ र दोस्रो सेटमा २५–१७ ले विजय भएको थियो। तर, तेस्रो सेटमा पोखरा १२–२५ ले विजय भयो। त्यसपछि चौंथो सेटमा काठमाडौंले २५–१८ ले जित हासिल गर्‍यो । 

जित निकाल्दै काठमाडौं तीन अंक जोड्न सफल भयो । चार खेलबाट ६ अंक पुराएको काठमाडौँको फाइनल पुग्ने सम्भावना कायमै छ ।

जेन-जी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा पुनः सुचारू भएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : २७ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको