अर्थसंक्षेप : सरकारको खर्च दर सन्तोषजनक देखिएन, पैँतीस उद्योगबाट २३ करोड ८७ लाख बक्यौता महसुल उठ्यो र १२४ कम्पनीको सेयर मूल्य घट्यो « Khabarhub

अर्थसंक्षेप : सरकारको खर्च दर सन्तोषजनक देखिएन, पैँतीस उद्योगबाट २३ करोड ८७ लाख बक्यौता महसुल उठ्यो र १२४ कम्पनीको सेयर मूल्य घट्यो


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पैँतीस उद्योगबाट २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् ।

यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता महसुल असुल गरेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ ।

३५ उद्योगको कुल बक्यौता पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता भएको सचिवालयले जनाएको छ ।

सीजीको साना घरायसी उपकरणले सार्वजनिक गर्‍यो एआई-सञ्चालित एयर फ्रायर

राजनैतिक संक्रमणकाबीच नेपालको आर्थिक वृद्धिदर सुस्त हुने : विश्व बैंक

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

प्रधानमन्त्रीले भनिन् : सरकारको खर्च दर सन्तोषजनक भएन, तोकिएको लक्ष्य पूरा गर्न मिहिनेत गरौँ

प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यसअन्तर्गतका निकायहरूले जेन-जी आन्दोलनको भावनाअनुरूप सेवाग्राहीमैत्री प्रशासनिक सेवा प्रवाह गर्न निर्देशन दिएकी छन्।

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले खर्चको दर सन्तोषजनक नदेखिएको बताइन्।

उनले बाँकी अवधिमा सबै निकायका प्रमुखहरूले आफ्नो जिम्मेवारी प्राथमिकताका साथ पूरा गर्न आग्रह गरिन्।

उनले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण कतिपय काम प्रभावित भएको बताइन् । उनले त्यसले सरकारी काममा अवरोध नपुर्‍याउने गरी उच्च मनोबलका साथ लक्ष्य पूरा गर्नुपर्ने अवस्था आएको उनले बताइन् ।

राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नति गर्न अनुगमन

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

१ सय २४ वटा कम्पनीको सेयर मूल्य घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको अन्तिम कारोबारमा १२४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । आज ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से जम्मा ०.३१ अंकले मात्रै बढेको हो ।

आज नेप्से झिनो अंकले बढे पनि १२३ वटा कम्पनीको सेयर मूल्यमा भने वृद्धि भयो भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज नेप्से २५४४.९१ बिन्दुमा पुगेको छ ।

आज माबेलुङ इनर्जीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने नेपाल माइक्रो इन्स्योरेन्को सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

नवलपुरमा वर्षाले एक करोड ८० लाख बराबरको धानमा क्षति

चालुआवका लागि अन्नपूर्णमा एक सय ५६ योजना छनौट

कागती खेतीबाट मनग्य आम्दानी

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : ०२ बजे

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध