अधिवक्ताको समर्थनमा उभिइन् बलोचिस्तानकी मानव अधिकारवादी नेतृ महरङ बलोच « Khabarhub

अधिवक्ताको समर्थनमा उभिइन् बलोचिस्तानकी मानव अधिकारवादी नेतृ महरङ बलोच


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बन्दी जीवन बिताइरहेकी बलोचिस्तानकी मानव अधिकारवादी नेतृ महरङ बलोचले मानव अधिकारवादी अधिवक्ताको समर्थन गरेकी छिन् । बलोचिस्तानमा मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्था बलोच एक्जेठी कमिटिकी नेतृ महरङ बलोचले मानव अधिकारवादी अधिवक्ताहरु इमान जैनाब मजारी हाजिर र हादी अली चत्थाको पक्षमा समर्थन गरेकी हुन् ।

ती अधिवक्ताहरुमाथि विभिन्न अभियोग लगाइएको छ । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बलोचले उनीहरुविरुद्ध पाकिस्तानी राज्यले दमनकारी नीति लिएको र उपनिवेशकालीन कानुनको आडमा विरोधी स्वरलाई दबाउन खोजेको आरोप लगाएकी छिन् ।

बलोचिस्तान पोस्टका अनुसार मानव अधिकारका लागि आवाज बुलन्द पारेकै कारण ती अधिवक्ताहरुलाई दुःख दिइएको बलोचको आरोप छ । उनले ती अधिवक्तामाथि लगाइएको आरोप निराधार रहेको भन्दै उनीहरुको पक्षमा उभिन अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गरेकी छिन् ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ३८ बजे

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले