आजका समाचार : मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता, डा. रामेशको कुराले संसद्‍मा बहस, अशोक राई र राजेन्द्र महतो एकैठाउँ र झन् बढ्दो गाजामा इजरायली नरसंहार | Khabarhub Khabarhub

आजका समाचार : मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता, डा. रामेशको कुराले संसद्‍मा बहस, अशोक राई र राजेन्द्र महतो एकैठाउँ र झन् बढ्दो गाजामा इजरायली नरसंहार


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो । प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।

प्रधानमन्त्री ओली नौ महिनामा दोस्रो पटक चीन जाँदै, सी र मोदी दुवैसँग हुनेछ भेट

मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री

जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि नीति बनाउने पक्षमा छौँ : देउवा

वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेसहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शपथ

पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक : मन्त्री दाहाल

मुख्यमन्त्री बानियाँलाई उपप्रधानमन्त्री सिंहको बधाई

वायुसेवा निगम प्रदेश सरकारहरूसँग मिलेर जहाज किन्ने तयारीमा

एकताको तयारीसहित जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएका अशोक राईले र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालसँग हातेमालो थालेका छन् । राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महतो नेतृत्वको पार्टीबीच बिहीबार कार्यगत एकताको घोषणा भएको हो।

नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा भएको घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेतृत्व र मूल कमिटीका नेता सहभागी थिए । यी दुई दलले पार्टी एकताकै लागि औपचारिक रुपमा ‘कार्यगत एकता’ गरेका हुन् । अब उनीहरूले प्रदेश, जिल्ला र गाउँ कमिटीबीच पनि एकता गराउँदै लाने भएका छन् ।

नगर शिक्षा समितिको बैठक सम्पन्न : विद्यालय सञ्चालनको अनुमति लिएर नगर्ने, कागजमा समिति विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु

खनाल निवासमा वामपन्थी दलहरूबीच छलफल

लोसपाका पूर्वमहामन्त्री यादव कांग्रेसमा प्रवेश, देउवाले दिए सदस्यता कार्ड

प्रविधि र उद्यमशीलतामा सक्रिय युवा माओवादीमा प्रवेश

‘समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी’ भन्ने पार्टीको स्थापित मान्यताका लागी क्रियाशील हुन्छौँ : अध्यक्ष झा

सांसद अमरेशकुमार सिंहको आरोप- ‘भाउजू’का कारण डा. रामेशले देश छाडेर जानुपर्‍यो
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देशलाई नेता, विचौलिया र सरकारका निजामती कर्मचारीले लुटेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो लुटकै कारण देशको अवस्था बिग्रिएको बताएका हुन्।

उनले एमबीबीएस पढ्न कम्तीमा साढे पाँच वर्ष लाग्ने र बीए पढ्न चार वर्ष लाग्ने उदाहरण दिँदै दुवै पेशाका व्यक्तिको तलब समान हुनु न्यायोचित नभएको टिप्पणी गरे।

‘त्यो त क्षम्य होला,’ सिंहले भने, ‘तर नेताको चाकडी गर्ने प्रशासन सेवाका मान्छेलाई नेताले देश लुट्न छुट दिएका छन्, अनि पछि संवैधानिक पदमा नियुक्त गर्छन्।’ उनले हालै प्रशासनिक कर्मचारीबाट गरिएका विवादकै कारण संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पद गुमेको उल्लेख गरे।

रविबारे ओलीलाई वर्षमानले सोधे- ‘प्रमाणित अभियुक्त’लाई सरकारी टीभीमा कसले जागिर दियो ? गृहमन्त्री बनायो ?

बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभिनु पर्छ : सांसद सूर्यप्रसाद ढकाल 

संसद्‍मा कृषिमन्त्रीको जवाफ- मल खरिद गर्न पर्याप्त बजेट नै छैन

कारागार सुधारका लागि संसदीय अध्ययन समिति गठन गरौँ : एनपी साउद

प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न शोभनीय हुँदैन : रेखा शर्मा

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

प्रविधि र उद्यमशीलतामा सक्रिय युवा माओवादीमा प्रवेश

सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अन्तर्राष्ट्रिय समितिमा छलफल
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा सौर्य एयरलाइन्सको दुर्घटना जाँचबुझ आयोगको अन्तिम प्रतिवेदनबारे छलफल गरिएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सो प्रतिवेदन माथि सरोकारवालासँग छलफल गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा दुर्घटना जाँचबुझ आयोगका पदाधिकारीसँग समितिले सत्यतथ्य जानकारी लिएको छ । बैठकमा दुर्घटना छानबिन आयोगका अध्यक्ष रतिसचन्द्र लाल सुमनले प्रतिवेदन प्रस्तुत गर्दै दुर्घटना मानवीय त्रुटिका कारण भएको स्पष्ट पारे । आयोगको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ढाँचाअनुसार तयार पारिएको र त्यसमा ‘यस्तो दुर्घटना दोहोरिन नदिने उपाय’समेत सुझावस्वरूप समावेश गरिएको उनले उल्लेख गरे।

सौर्य एयरलाइन्सको (एन–एएमई–सीआरजे २०) कलसाइन विमान दुर्घटनामा १९ मध्ये १८ जनाको निधन भएको र समयमै उद्धार नभएकाले को–पाइलट र इन्जिनियरको पनि ज्यान गएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार मौसम दुर्घटनाको कारण नभएको, उडानको चार सेकेन्डमै विमान दुर्घटना भएको र ‘रेस्क्यु अपरेसन’ प्रभावकारी नभएको उल्लेख छ । ‘क्याबिन क्रु’ले सिट बेल्ट नलगाएको, केही ब्याग सौर्य एयरलाइन्सको कार्यालयमै भेटिएको र नियामक तथा सेवा प्रदायक निकाय दुवैको कमजोरी देखिएको प्रतिवेदनको निष्कर्ष छ ।

रक्षामन्त्रीले भने- काठमाडौं–तराई मधेस द्रुतमार्गको काम तीव्र रूपमा अघि बढिरहेको छ 

चिकित्सा शिक्षा आयोगको २१औँ बैठक : सङ्ख्या वृद्धिसहित सिट निर्धारण

पर्यटनमन्त्रीले भने- हिमाल संरक्षण र पर्वतारोहण व्यवस्थापनमा सहकार्य गर्न सरकार प्रतिबद्ध छ

एमसीसी परियोजना : १५.४५ करोड डलरका दुई विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गर्दै अघि बढ्यो

सूर्यदर्शनको बचत हिनामिना : रविसहितको मुद्दामा सकिएन सुनुवाइ, अर्को बिहीबार बाँकी बहस हुने

नागढुंगा सुरूङ मार्गबाट चल्ने साधनको दस्तुर तोकियो, ६० रुपैयाँदेखि ६०० सम्म

सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकले सुरङमार्गबाट चल्ने सवारी साधनका लागि दस्तुर तोकेको हो।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त सुरूङमार्ग हुँदै चल्ने यातायातका साधनका लागि ६० रुपैयाँदेखि ६०० सय रुपैयाँसम्म दस्तुर तोकिएको जानकारी दिए ।

नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्दै सरकारले काररभ्यानहरू काठमाडौँ आउँदा ६५ र जाँदा ६० रुपैयाँ कायम गरेको छ ।उता मिनी बसरट्रकका लागि काठमाडौँ आउँदा ११५ र जाँदा ८० रुपैयाँ तोकिएको छ । सरकारले बसरट्रकबाट काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर लिने भएको छ। उता अन्य भारी उपकरणहरू काठमाडौं आउँदा ६०० र जाँदा २५० रुपैयाँ दस्तुर तोक्ने निर्णय गरेको गुरुङले बताएका छन् ।

धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य ‘बडिमालिका’

मधेशमा पर्यटन प्रवर्द्धन गर्न भारतीय रक्षामन्त्रीलाई ज्ञापन पत्र

पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड सम्पत्तिको खुलेन स्रोत

चिकित्सा शिक्षा आयोगको २१औँ बैठक : सङ्ख्या वृद्धिसहित सिट निर्धारण

निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य ‘नगरकोट’

तरकारी खेतीमा आकर्षित हुँदै शैलुङका किसान, वार्षिक एकअर्ब बराबरको आलु-तरकारी निर्यात 

बागमतीका निलम्बित मेयर थापालाई भ्रष्टाचार मुद्दामा आठ वर्ष सजाय, १० करोड असुल्न आदेश
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद सजाय हुने फैसला विशेष अदालतले सुनाएको छ । बागमती नगरपालिकाभित्र भरत ताल बनाएर चर्चा कमाएका उनलाई विशेष अदालतले गत साउन २१ गते भ्रष्टाचारी ठहर गरेकोमा बिहीबार सजाय निर्धारण गरेको हो।

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका थापाबाट १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसा असुल उपर गर्न पनि विशेष अदालतले आदेश दिएको छ ।

विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले निलम्बित मेयर थापाले साउन २१ मा तीन करोड ४५ लाख २२ हजार ३८७ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको थियो । 

एमसीए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा सम्झौता

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो

पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै

अझै बन्न सकेनन् अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन

अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालनमा

काठमाडौंकै सडकको बेहाल : न हिँड्न सकिन्छ, न गाडी गुडाउन (तस्बिरहरू)

वायुसेवा निगम प्रदेश सरकारहरूसँग मिलेर जहाज किन्ने तयारीमा

कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण

मधेस प्रदेश लोकसेवा आयोगको दोहोरो नीतिले बढुवामा समस्या

गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा सय जनाको ज्यान गएको छ। बुधबार उत्तरी गाजामा राहत व्यवस्थित गराउन गएका प्यालेस्टाइनमा भएको हमलामा मात्र १२ जनाको ज्यान गएको छ। यसैगरी राहत लिन गएका अन्य ३७ जना मारिएका छन्। यी मध्य रफाहाको उत्तरी भागमा १६ जना मारिएका हुन्।

२४ घण्टाको अन्तरालमा कुपोषणका कारण तीन बालबालिकासहित आठ जनाको ज्यान गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ को अक्टोबरमा इजरायलले आक्रमण सुरु गरेपछि गाजामा २३५ जनाको कुपोषणको कारण ज्यान गएको छ। यी मध्य १०३ जना बालबालिका छन्।

युद्धको समयमा इजरायलले गाजाको स्वास्थ्य संरचनालाई पनि निसाना बनाएको छ। सो निसानामा स्वास्थ्यकर्मी र प्यारामेडिक्स पनि परेका छन्। यसरी अनाहकमा मानिसको ज्यान जानेक्रम बढेपछि हमासले नै युद्ध विराम र वार्तामा चासो दिन थालेको छ। बुधबार हमासले इजिप्टमार्फत युद्ध विराममा चासो दिन थालेको हो।

पुटिनसँगको वार्ता अघि युरोपेली नेतासँग छलफल गर्दै ट्रम्प

जापान र चीनले किन फरक मितिमा दोस्रो विश्वयुद्धको वार्षिकोत्सव मनाउँछन्

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

अन्तरिक्षसम्बन्धी नियमहरू सजिलो बनाउन ट्रम्पको आदेश





























प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ८ : ०५ बजे

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको

टप एन्ड टी–२० : पाकिस्तान शाहिन्सको विजयी सुरुवात

काठमाडौं – अस्ट्रेलियाको डार्विनस्थित टीआईओ मैदानमा आजबाट सुरू भएको टप