बिहार विधान सभा चुनाव : एनडीएको सुनामीमा डुब्नेतर्फ आरजेडीको लालटिन « Khabarhub

बिहार विधान सभा चुनाव : एनडीएको सुनामीमा डुब्नेतर्फ आरजेडीको लालटिन


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

पटना- बिहार विधानसभा चुनावमा शुक्रबार २४३ सिटको नतिजा सार्वजनिक हुँदैछन्। बिहारमा मुख्य प्रतिस्पर्धा भाजपा नेतृत्वको एनडीए र कंग्रेस नेतृत्वको विपक्षी महागठबन्धनबीच छ।

यता प्रशान्त किशोरको जनसुराजले पनि केही क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाएको छ। बहुमतका लागि बिहारमा १२२ सिट आवश्यक छ।

एनडीए र महागठबन्धन दुवैले आफ्नो जीतको दाबी गरेका छन्। रेकर्ड मतदानलाई लिएर पनि उनीहरूका व्याख्या फरक छन्।

एनडीएले यसलाई सुशासनको समर्थनमा आएको जनादेश बताइरहेको छ । विपक्षले यसलाई परिवर्तनको चाहना ठानेको छ। तर अहिलेसम्मको परिणामले लामो समयसम्म मुख्यमन्त्री रहेका नीतिश कुमारलाई फेरि मौका दिने देखिएको छ।

बिहारमा अहिलेसम्म एनडीएले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। नीतिश–भाजपा गठबन्धन राज्यमा दोस्रो ठूलो जीततर्फ अघि बढेको देखिन्छ।

सन् २०१० मा बिहारमा यो गठबन्धनले २०६ सिट जितेको थियो । यस पटक पनि स्थितिले त्यही परिणामतर्फ संकेत गरिरहेको छ।

एनडीएले मगध र भोजपुर क्षेत्रमा उल्लेखनीय सफलता पाएको छ। भोजपुरमा साढे ११ बजेको रुझानअनुसार गठबन्धन अघिल्लो चुनावभन्दा २२ बढी, कुल ३३ सिटमा अगाडि छ।

मगाध क्षेत्रमा १७ सिटको फाइदासहित एनडीए गठबन्धन ३४ सिटमा अगाडि छ। तिरुहतबाहेक बाँकी पाँचै अञ्चलमा एनडीएलाई लगभग लहरजस्तै समर्थन मिलिरहेको छ।

अंग क्षेत्रमा मजबुत पकड कायम रहेको छ। उता मिथिलाञ्चलमा पनि राम्रो सफलता मिलेको छ एनडीएलाई ।

महागठबन्धनको परम्परागत ‘गढ’ मानिने सीमाञ्चलमा पनि एनडीएले प्रवेश गर्दै सन् २०२० को तुलनामा आठ सिट बढी जित्ने संकेत देखिएको छ।

बिहार विधानसभा चुनावका सबै २४३ सिटसहित पञ्जाब, ओडिशा, राजस्थान, झारखण्ड, तेलंगाना, मिजोरम र जम्मू–कश्मीरका आठ विधानसभा सिटमा भएको उपनिर्वाचनका मतगणना जारी छ।

बिहारको रुझानबारे आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले जनता नरेन्द्र मोदीकै पक्षमा रहेका देखाएको बताएका छन्। उनले विशाखापट्टनम समिटमा भने, ‘प्रधानमन्त्री मोदीमा जति विश्वास जनताले राख्छन्, त्यति विश्वास अरू कुनै नेतामा छैन।’

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १२ : ०० बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा