खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा अवस्था खराब, पाकिस्तानी मानव अधिकार आयोग चिन्तित « Khabarhub

खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा अवस्था खराब, पाकिस्तानी मानव अधिकार आयोग चिन्तित


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा अवस्था खराब बन्दै गएकोमा पाकिस्तानको मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । मानव अधिकार आयोगले खैबर पख्तुनख्वा प्रान्तमा भय, दण्डहीनता र नागरिक अधिकारको अवस्था खस्किँदै गएको जनाएको छ ।

आयोगले प्रतिवेदन जारी गर्दै सन् २०२५ मा पाकिस्तानभर भएका दुई तिहाइ आतङ्ककारी आक्रमणका घटना खैबर पख्तुनख्वामा मात्रै भएको उल्लेख गरेको छ । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार आयोगको प्रतिवेदनमा प्रान्तका केही जिल्लाहरु अझै पनि हिंसाको केन्द्रविन्दु रहेको जनाइएको छ ।

सो क्षेत्रका नागरिकमा असुरक्षा, जबरजस्ती विस्थापन र न्यायमा सीमित पहुँच रहेको जनाइएको छ । आयोगले आफ्नो प्रतिवेदनमा नागरिक हताहती र गोप्य सूचनाका आधारमा हुने सैन्य कारवाही नियमित बन्दै गएकोमा पनि चिन्ता जाहेर गरेको छ ।

त्यसैगरी, कतिपय सुरक्षासम्बन्धी निर्णयहरु स्थानीय प्रहरी र सुरक्षाकर्मीको सहभागिताबिनै लिने गरिएको छ । यसबाट पनि कानुन र व्यवस्था बहाल गर्न कठिन भइरहेको आयोगले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ५२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग