पाकिस्तानको माथिल्लो सदनद्वारा सेनाप्रमुख मुनिरको शक्ति विस्तार गर्ने प्रस्ताव पारित « Khabarhub

पाकिस्तानको माथिल्लो सदनद्वारा सेनाप्रमुख मुनिरको शक्ति विस्तार गर्ने प्रस्ताव पारित


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको माथिल्लो सदनले सेनाप्रमुख असिम मुनिरको शक्ति विस्तार गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै माथिल्लो सदनबाट पारित प्रस्तावमा सर्वोच्च अदालतको अधिकार पनि सीमित पारिएको छ ।

पाकिस्तानमा परम्परागत रुपमा सेना निकै शक्तिशाली मानिन्छ । पाकिस्तानमा बारम्बार सैन्य कु पनि हुने गरेको इतिहास छ ।

पछिल्लो समय सेनाले खुल्लमखुल्ला कू नगरेपनि नागरिक सरकारमाथि आफ्नो दबाब बढाइरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । केही महिनाअघि भारतसँग भएको सैन्य टकरावपछि सेनाप्रमुख मुनिरलाई ‘फिल्ड मार्शल’ को उपाधि दिइएको थियो ।

त्यसपछि उनी अमेरिका भ्रमणमा गएका थिए । अमेरिका क्रममा मुनिरले राष्ट्रपति ट्रम्पसँग पनि भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले मुनिरलाई ‘आफूलाई मनपर्ने फिल्ड मार्शल’ को संज्ञा दिएका थिए ।

माथिल्लो सदनबाट पारित पछिल्लो प्रस्तावअनुसार मुनिरलाई हवाई तथा नौसेनासहित सम्पूर्ण सैन्य सेवाको कमाण्ड दिइएको छ । यसका लागि ‘चिफ अफ डिफेन्स फोर्सेस’ नामक नयाँ पद पनि सिर्जना गरिएको छ ।

त्यसैगरी, नयाँ प्रस्तावअनुसार सर्वोच्च अदालतले आइन्दा संवैधानिक मुद्दा हेर्नेछैन । संवैधानिक मुद्दा हेर्नका लागि छुट्टै संघीय संवैधानिक अदालत गठन गरिएको छ । यसका न्यायाधीशहरु सरकारले नियुक्त गर्ने प्रावधान छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ५४ बजे

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त