इजरायली क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने भारतको तयारी « Khabarhub

इजरायली क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने भारतको तयारी


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले इजरायली क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने तयारी थालेको छ । यस विषयमा दुई देशका अधिकारीहरु छलफलमा जुटेका छन् ।

इजरायलको जेएनएस समाचार संस्थाका अनुसार भारतले लङ रेन्ज आर्टिलरी अर्थात् लोरा नामक क्षेप्यास्त्र प्रणाली र आइस ब्रेकर क्रुज क्षेप्यास्त्र निर्माणबारे तयारी गरिरहेको छ । भारतले लोरा ट्याक्टिकल ब्यालेस्टिक क्षेप्यास्त्र निर्माणका लागि इजरायल एरोस्पेस इण्डिस्ट्रिजसँग छलफल अघि बढाएको छ ।

त्यसैगरी, आइस ब्रेकर क्रुज क्षेप्यास्त्र निर्माणबारे रफायल एडभान्स्ड डिफेन्स सिस्टम नामक अर्को इजरायली कम्पनीसँग भारतले सहकार्य गर्नेछ । रक्षा सहकार्यका लागि भारतीय रक्षा सचिव राजेश कुमार सिंह र इजरायली रक्षा मन्त्रालयका महानिर्देशक आमिर बारामले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

हालै भारतीय रक्षा मन्त्रालयको प्रतिनिधिमण्डल इजरायल भ्रमणमा पुगेको थियो । सोही भ्रमणका क्रममा भारतीय पक्षले ‘मेक इन इण्डिया’ कार्यक्रम अन्तर्गत स्वदेशमै रक्षा उपकरण निर्माण गर्नका लागि छलफल गरेको इण्डिया डिफेन्स रिसर्च विङलाई उद्धृत गर्दै ग्लोब्सले जनाएको छ ।

भारत इजरायलको सबैभन्दा ठूलो रक्षा उपकरण खरिदकर्ता मुलुक हो । सन् २०२० देखि २०२४ सम्म इजरायलले निर्यात गरेको कुल रक्षा उपकरणको ३४ प्रतिशत भारतले खरिद गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : ०२ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्