अधिकारकर्मीद्वारा बलोचिस्तानमा जारी आम नरसंहारको निन्दा « Khabarhub

अधिकारकर्मीद्वारा बलोचिस्तानमा जारी आम नरसंहारको निन्दा


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा भेला भएका अधिकारकर्मीहरुले पाकिस्तानको बलोचिस्तानमा जारी आम नरसंहारको निन्दा गरेका छन् । बलोच राष्ट्रिय अभियान (बीएनएम) ले बर्लिनमा आयोजना गरेको कार्यक्रममा विभिन्न मुलुकका मानव अधिकारकर्मीहरुले बलोचिस्तानमा जारी आम नरसंहारको निन्दा गरेका हुन् ।

बलोच शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न मुलुकका प्रतिनिधि सहभागी रहेको ट्रिब्युन इण्डियाले जनाएको छ । कार्यक्रमका वक्ताहरुले दशकौँदेखि पाकिस्तानले बलोचिस्तानलाई आफ्नो कब्जामा राखेको भन्दै यसबाट बलोच जनताको अधिकार कुण्ठित भएको धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बीएनएमका अध्याक्ष डा. नसीम बलोचले सन् १९४८ को मार्च २७ मा पाकिस्तानी सेनाले आक्रमण गरी बलोचिस्तानमा कब्जा जमाएको उल्लेख गरेका थिए । उनले वर्षौँको दमनका बावजुद बलोच जनतामा प्रतिरोधको भावना अझै जीवित रहेको जनाएका थिए ।

कार्यक्रममा विश्व सिन्धी कंग्रेसका प्रतिनिधि डा. लाखु लुहानाले पाकिस्तानको पञ्जाबी नेतृत्वको राज्यले सिन्धी र बलोच पहिचान मेटाउने प्रयास गरेको आरोप लगाए । त्यसैगरी, पश्तुन तहफुज मुभमेन्टका जर्मनी प्रतिनिधि कादिर शाह अन्सारीले बलोच र पश्तुन समुदायमा पाकिस्तानी सेनाले मच्चाइरहेको दमनको निन्दा गरेका थिए ।

कार्यक्रममा बलोच, सिन्धी, पश्तुन, तामिल अधिकारीकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : १४ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट