अधिकारकर्मीद्वारा बलोचिस्तानमा जारी आम नरसंहारको निन्दा « Khabarhub

अधिकारकर्मीद्वारा बलोचिस्तानमा जारी आम नरसंहारको निन्दा


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा भेला भएका अधिकारकर्मीहरुले पाकिस्तानको बलोचिस्तानमा जारी आम नरसंहारको निन्दा गरेका छन् । बलोच राष्ट्रिय अभियान (बीएनएम) ले बर्लिनमा आयोजना गरेको कार्यक्रममा विभिन्न मुलुकका मानव अधिकारकर्मीहरुले बलोचिस्तानमा जारी आम नरसंहारको निन्दा गरेका हुन् ।

बलोच शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न मुलुकका प्रतिनिधि सहभागी रहेको ट्रिब्युन इण्डियाले जनाएको छ । कार्यक्रमका वक्ताहरुले दशकौँदेखि पाकिस्तानले बलोचिस्तानलाई आफ्नो कब्जामा राखेको भन्दै यसबाट बलोच जनताको अधिकार कुण्ठित भएको धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बीएनएमका अध्याक्ष डा. नसीम बलोचले सन् १९४८ को मार्च २७ मा पाकिस्तानी सेनाले आक्रमण गरी बलोचिस्तानमा कब्जा जमाएको उल्लेख गरेका थिए । उनले वर्षौँको दमनका बावजुद बलोच जनतामा प्रतिरोधको भावना अझै जीवित रहेको जनाएका थिए ।

कार्यक्रममा विश्व सिन्धी कंग्रेसका प्रतिनिधि डा. लाखु लुहानाले पाकिस्तानको पञ्जाबी नेतृत्वको राज्यले सिन्धी र बलोच पहिचान मेटाउने प्रयास गरेको आरोप लगाए । त्यसैगरी, पश्तुन तहफुज मुभमेन्टका जर्मनी प्रतिनिधि कादिर शाह अन्सारीले बलोच र पश्तुन समुदायमा पाकिस्तानी सेनाले मच्चाइरहेको दमनको निन्दा गरेका थिए ।

कार्यक्रममा बलोच, सिन्धी, पश्तुन, तामिल अधिकारीकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : १४ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष