चीनमा प्रत्यक्ष वैदेशिक लगानी ह्वात्तै घट्यो « Khabarhub

चीनमा प्रत्यक्ष वैदेशिक लगानी ह्वात्तै घट्यो


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा प्रत्यक्ष वैदेशिक लगानी ह्वात्तै घटेको पाइएको छ । यस वर्षको जुलाई–सेप्टेम्बर त्रैमासमा चीनमा प्रत्यक्ष वैदेशिक लगानी ५१ प्रतिशतले घटेको हो ।

जापानबाट प्रकाशित हुने निक्के एशिया रिभ्यूका अनुसार चीनको उक्त अवधिमा चीनमा केबल ८.५ अर्ब अमेरिकी डलर बराबरको मात्रै प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । पछिल्लो केही समययता चीनमा यस्तो लगानी निरन्तर घटिरहेको छ ।

केही समयअघि स्टाबक्स नामक कफी कम्पनीले स्थानीय व्यवसायको ६० प्रतिशतसम्म स्वामित्व बोयु क्यापिटलले खरिद गर्ने घोषणा गरेको थियो । स्थानीय प्रतिस्पर्धीको बढ्दो दबदबासँगै उक्त कम्पनीले यस्तो घोषणा गरेको हो ।

त्यसैगरी, अर्को अमेरिकी कम्पनी एसएएस इन्स्टिच्युटले पनि मुख्यभूमि चीनबाट फिर्ता हुने घोषणा गरेको छ । यससँगै उक्त कम्पनीमा काम गर्ने ४ सय कर्मचारीलाई बिदा दिइएको छ ।

गत जुलाई महिनामा जापानी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजले गरेको सर्वेक्षणमा सहभागी ४३ प्रतिशतले सन् २०२५ मा आफूहरुले चीनमा लगानी घटाउने वा लगानी नै नगर्ने प्रतिक्रिया दिएका थिए । उक्त सर्वेक्षणमा सहभागी केबल १६ प्रतिशतले चीनमा उल्लेख्य लगानी वृद्धि गर्ने प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ८ : ०५ बजे

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका

रोशी खोलामा यात्रुवाहक बस फस्यो, स्थानीयले गरे सबै यात्रुको उद्धार

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा