चीनमा प्रत्यक्ष वैदेशिक लगानी ह्वात्तै घट्यो « Khabarhub

चीनमा प्रत्यक्ष वैदेशिक लगानी ह्वात्तै घट्यो


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा प्रत्यक्ष वैदेशिक लगानी ह्वात्तै घटेको पाइएको छ । यस वर्षको जुलाई–सेप्टेम्बर त्रैमासमा चीनमा प्रत्यक्ष वैदेशिक लगानी ५१ प्रतिशतले घटेको हो ।

जापानबाट प्रकाशित हुने निक्के एशिया रिभ्यूका अनुसार चीनको उक्त अवधिमा चीनमा केबल ८.५ अर्ब अमेरिकी डलर बराबरको मात्रै प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । पछिल्लो केही समययता चीनमा यस्तो लगानी निरन्तर घटिरहेको छ ।

केही समयअघि स्टाबक्स नामक कफी कम्पनीले स्थानीय व्यवसायको ६० प्रतिशतसम्म स्वामित्व बोयु क्यापिटलले खरिद गर्ने घोषणा गरेको थियो । स्थानीय प्रतिस्पर्धीको बढ्दो दबदबासँगै उक्त कम्पनीले यस्तो घोषणा गरेको हो ।

त्यसैगरी, अर्को अमेरिकी कम्पनी एसएएस इन्स्टिच्युटले पनि मुख्यभूमि चीनबाट फिर्ता हुने घोषणा गरेको छ । यससँगै उक्त कम्पनीमा काम गर्ने ४ सय कर्मचारीलाई बिदा दिइएको छ ।

गत जुलाई महिनामा जापानी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजले गरेको सर्वेक्षणमा सहभागी ४३ प्रतिशतले सन् २०२५ मा आफूहरुले चीनमा लगानी घटाउने वा लगानी नै नगर्ने प्रतिक्रिया दिएका थिए । उक्त सर्वेक्षणमा सहभागी केबल १६ प्रतिशतले चीनमा उल्लेख्य लगानी वृद्धि गर्ने प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ८ : ०५ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग