बंगलादेशको बन्दरगाहमा २५ टन अफिमको बियाँ फेला « Khabarhub

बंगलादेशको बन्दरगाहमा २५ टन अफिमको बियाँ फेला


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशको चटगाउँ बन्दरगाहमा २५ टन प्रतिबन्धित अफिमको बियाँ फेला परेको छ । भन्सार अधिकारीहरुले पाकिस्तानबाट आएको जहाजबाट उक्त परिमाणको अफिमको बियाँ बरामद गरेका हुन् ।

उक्त बन्दरगाहमा पाकिस्तानबाट ३२ टन सामान आएको थियो । तर, पछि खानतलासी गर्दा २५ टन अफिमको बियाँ फेला परेको द बिजनेस स्ट्याण्डर्डले उल्लेख गरेको छ । भन्सार प्रशासनले जारी गरेको प्रेस विज्ञप्तिमा विशेष सूचनाको आधारमा भन्सार प्रशासनको लेखा, अनुसन्धान तथा शोध (एआईआर) विभागले अफिम बरामद गरेको जनाइएको छ ।

चटगाउँस्थित कोटवाली क्षेत्रको मेसेर्स अदिब ट्रेडिङ नामक कम्पनीले चराका लागि चारो भन्दै पाकिस्तानबाट ९ अक्टोबरमा ३२ हजार १० किलो बराबर दुई कन्टेनर सामान ल्याएको थियो । पछि खानतलासी गर्दा उक्त कन्टेनरमा केबल ७ हजार २ सय किलोमात्रै चारो भेटिएको थियो । उक्त कार्गोमा २४ हजार ९ सय ६० किलो भने अफिमको बियाँ फेला परेको थियो ।

बंगलादेशमा अफिम प्रतिबन्धित छ । त्यहाँको नार्कोटिक नियन्त्रण ऐन २०१८ अनुसार अफिमलाई ‘ए’ श्रेणिको लागूऔषध मानिन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ८ : २२ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट