बंगलादेशको बन्दरगाहमा २५ टन अफिमको बियाँ फेला « Khabarhub

बंगलादेशको बन्दरगाहमा २५ टन अफिमको बियाँ फेला


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशको चटगाउँ बन्दरगाहमा २५ टन प्रतिबन्धित अफिमको बियाँ फेला परेको छ । भन्सार अधिकारीहरुले पाकिस्तानबाट आएको जहाजबाट उक्त परिमाणको अफिमको बियाँ बरामद गरेका हुन् ।

उक्त बन्दरगाहमा पाकिस्तानबाट ३२ टन सामान आएको थियो । तर, पछि खानतलासी गर्दा २५ टन अफिमको बियाँ फेला परेको द बिजनेस स्ट्याण्डर्डले उल्लेख गरेको छ । भन्सार प्रशासनले जारी गरेको प्रेस विज्ञप्तिमा विशेष सूचनाको आधारमा भन्सार प्रशासनको लेखा, अनुसन्धान तथा शोध (एआईआर) विभागले अफिम बरामद गरेको जनाइएको छ ।

चटगाउँस्थित कोटवाली क्षेत्रको मेसेर्स अदिब ट्रेडिङ नामक कम्पनीले चराका लागि चारो भन्दै पाकिस्तानबाट ९ अक्टोबरमा ३२ हजार १० किलो बराबर दुई कन्टेनर सामान ल्याएको थियो । पछि खानतलासी गर्दा उक्त कन्टेनरमा केबल ७ हजार २ सय किलोमात्रै चारो भेटिएको थियो । उक्त कार्गोमा २४ हजार ९ सय ६० किलो भने अफिमको बियाँ फेला परेको थियो ।

बंगलादेशमा अफिम प्रतिबन्धित छ । त्यहाँको नार्कोटिक नियन्त्रण ऐन २०१८ अनुसार अफिमलाई ‘ए’ श्रेणिको लागूऔषध मानिन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ८ : २२ बजे

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त