नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि आयोजना हुने « Khabarhub

नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि आयोजना हुने


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि काठमाडौंमा आयोजना हुने भएको छ । 

नेपाल भलिबल संघ (एनभीए) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नवौँ एनभीए च्याम्पियनसि पुस ११ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगलाको कभर्डशलमा हुने जानकारी दिएको हो । 

प्रतियोगितामा पुरुषतर्फ कम्तीमा १२ र महिलातर्फ कम्तीमा ८ टीमको सहभागिता हुने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।

प्रतियोगिताबाट शीर्ष ८ पुरुष र शीर्ष ६ महिला टिम दशौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा छनोट हुने उनले बताए ।  च्याम्पियनसिपमा भाग लिनका लागि प्रदेश र क्लबलाई आह्वान गरिएको संघले जनाएको छ । अध्यक्ष चन्दले देशभरका खेलाडीहरूलाई प्रोत्साहन र अवसर प्रदान गर्ने गरी सबै क्लबहरूलाई सहभागी गराउने बताए ।

प्रतियोगिताको दुवैतर्फको विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० हजार र तेस्रोले १ लाख २५ हजार प्राप्त गर्ने संघले जनाएको छ ।

त्यसैगरि सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले १५–१५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । च्याम्पियनसिप लिग कम नकआउटको आधारमा खेलाइने संघले जनाएको छ । 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ५ : ०५ बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान

जर्सिङपौवा दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका- ३, लप्सीफेदीस्थित जर्सिङपौवा–साँखु सडकखण्डमा भएको बस

ओली र लिङ्देनबीच भेटवार्ता

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय

कुलमानले मन्त्रीबाट राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदबाट