नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि आयोजना हुने « Khabarhub

नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि आयोजना हुने


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि काठमाडौंमा आयोजना हुने भएको छ । 

नेपाल भलिबल संघ (एनभीए) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नवौँ एनभीए च्याम्पियनसि पुस ११ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगलाको कभर्डशलमा हुने जानकारी दिएको हो । 

प्रतियोगितामा पुरुषतर्फ कम्तीमा १२ र महिलातर्फ कम्तीमा ८ टीमको सहभागिता हुने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।

प्रतियोगिताबाट शीर्ष ८ पुरुष र शीर्ष ६ महिला टिम दशौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा छनोट हुने उनले बताए ।  च्याम्पियनसिपमा भाग लिनका लागि प्रदेश र क्लबलाई आह्वान गरिएको संघले जनाएको छ । अध्यक्ष चन्दले देशभरका खेलाडीहरूलाई प्रोत्साहन र अवसर प्रदान गर्ने गरी सबै क्लबहरूलाई सहभागी गराउने बताए ।

प्रतियोगिताको दुवैतर्फको विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० हजार र तेस्रोले १ लाख २५ हजार प्राप्त गर्ने संघले जनाएको छ ।

त्यसैगरि सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले १५–१५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । च्याम्पियनसिप लिग कम नकआउटको आधारमा खेलाइने संघले जनाएको छ । 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ५ : ०५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका