बिहारका नितिन नबीन बने भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष « Khabarhub

बिहारका नितिन नबीन बने भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- बिहार सरकारका मन्त्री नितिन नबीनलाई भारतीय जनता पार्टी (बीजेपी) को राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त गरिएको छ।

आइतबार बसेको पार्टीको संसदीय बोर्ड बैठकको निर्णयबारे राष्ट्रिय महामन्त्री अरुण सिंहले जानकारी दिएका हुन्। ४५ वर्षीय नबीन सन् २०१० देखि बाँकीपुर विधानसभाबाट विधायक रहेका छन्।

नयाँ राष्ट्रिय अध्यक्षको निर्वाचन नहुँदासम्म नबीनले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्। बीजेपीले सन् २०२० मा जेपी नड्डालाई राष्ट्रिय अध्यक्ष बनाएको थियो।

सन् २०२४ मा उनको कार्यकाल सकिए पनि त्यसयता उनी विस्तार (एक्सटेन्सन)मा थिए। नड्डा हाल केन्द्र सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा छन्।

नितिन नबीन मिहिनेती कार्यकर्ताका रूपमा चिनिन्छन्। उनी युवा र परिश्रमी नेता हुन्, जससँग समृद्ध संगठनात्मक अनुभव छ। बिहारमा उनले पटक–पटक विधायक र मन्त्रीका रूपमा सेवा गरेका छन्। उनलाई राष्ट्रिय कार्यकारी अध्यक्ष बनेकोमा नेताहरूले बधाई दिएका छन् ।

कान्छा राष्ट्रिय अध्यक्ष हुन सक्छन्

हाल नितिन नबीनलाई राष्ट्रिय कार्यकारी अध्यक्ष बनाइएको छ। उनी ४५ वर्षका छन्। भविष्यमा उनलाई नै भाजपाको राष्ट्रिय अध्यक्ष बनाइएमा उनी पार्टी इतिहासकै सबैभन्दा युवा राष्ट्रिय अध्यक्ष हुनेछन्।

नेताहरूको बधाई

भारतीय गृह मन्त्री अमित शाहले नितिन नबीनलाई राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त गरिएकोमा हार्दिक बधाई दिएका छन्।

उनले युवा मोर्चाको राष्ट्रिय महामन्त्री, बिहार युवा मोर्चाको प्रदेश अध्यक्ष तथा छत्तीसगढ प्रदेश प्रभारीका रूपमा नबीनले संगठनका हरेक जिम्मेवारी निष्ठा र सफलताका साथ पूरा गरेको उल्लेख गरेका छन्। बिहारमा पाँच पटक विधायक र प्रदेश सरकारमा मन्त्रीका रूपमा काम गरेको अनुभव रहेको पनि बताएका छन्।

केन्द्रीय मन्त्री जेपी नड्डाले पनि बिहारका ओजस्वी बीजेपी नेता तथा प्रदेश सरकारका मन्त्री नितिन नबीनलाई राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त भएकोमा बधाई दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शन र नबीनको नेतृत्वमा संगठनले राष्ट्र र जनसेवाको भावनासहित नयाँ आयाम स्थापित गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : ५९ बजे

सरकारलाई प्रश्न- सांसदले उठाएका जनताका प्रश्नको जवाफ कहिले दिने ?

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्थानीय तथा राष्ट्रिय जनसरोकारका विषयमा

लगातार ७ दिन ओरालो लागेको नेप्से ४४ अंकले बढ्यो

काठमाडौं– कारोबारको दिन लगातार सात दिनसम्म ओरालो लागेको नेपाल स्टक

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि बसेको

रास्वपा केन्द्रीय समिति बैठक : सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य तत्काल मनोनित नगर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको

यात्रु अभावले पहाडी विमानस्थलमा नियमित उडान प्रभावित भयो : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले यात्रु